शिक्षा स्वास्थसमाचार

विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा – GoodNews24

Gobal IME Bank

ओखलढुङ्गा । विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार विगत दुई साताको अवधिमा विदेशबाट १३३ जना जिल्ला फर्किएका छन् । तीमध्ये भारतबाट फर्किएका सिद्धिचरण नगरपालिकाका दुई किशोरीलाई ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा जिल्लाका आठ वटै स्थानीय तहले आ—आफ्नो पालिकाभित्र हालसालै विदेशबाट फर्किएका नागरिकको खोजी गरिरहेका छन् । स्थानीय तह र स्वास्थ्य शाखामार्फत विदेशबाट फर्केका नागरिकको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । उहाँका अनुसार अहिले क्वारेन्टाइनमा नबस्नेलाई घरैमा १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

क्वारेन्टाइन व्यवस्थित नहुँदा र आवश्यक चेतनाको कमीका कारण विदेशबाट आएका १ सय २७ अधिकाँश व्यक्ति घरैमा बसेका छन् । उनीहरु खुल्ला रुपमा घरमै बस्दा सङ्क्रमणको जोखिम बढेको सुनकोशी गाउँपालिका—१० का वडाअध्यक्ष झनक कार्कीले बताउनुभयो । विदेशबाट आएका व्यक्ति स्वास्थ्य परीक्षण समेत नगरी घरैमा बसेका कारण गाउँघरमा सङ्क्रमणको त्रास बढेको उहाँको भनाइ छ ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button