शिक्षा स्वास्थसमाचार

कोरोना भाइरसको कारण डर र चिन्ता लाग्यो ? यस्तो गर्नुहोस् – GoodNews24

Gobal IME Bank

कोरोना भाइरसको ब्यापकता बढे सङ्गै आम मानिसमा धेरै त्रास फैलिरहेको छ । जसको कारण कतिपय मानिसहरुमा मानसिक समस्या नै देखिन पनि थालेको छ । सामान्य मानिस सहित पहिले देखि मानसिक अवस्था अलि कमजोर भएकाहरुलाइ यसले अझै समस्या निम्त्याउन सक्छ । कोरोना भाइरस लाग्ला कि, लाग्यो भने मरिन्छ कि, मेरो छोरालाइ केही हुन्छ ,कि आफन्तलाइ केही हुन्छ कि भन्ने डरले परिवारमा समेत चिन्ता र सन्त्रास छाएको हुन सक्छ। कोरोना भाइरसको प्रभावको कारण त्रासमा बस्नु भएका र अत्याधिक चिन्ता लिनेहरुको लागि हामी कोरोना भाइरस सम्बन्धी चिन्ता र यसको समाधानको बारे चर्चा गर्ने छौ ।

– कोरोना भाइरसलाइ सहज रुपमा लिनुहोस /स्विकार्नुहोस ।
कोरोना भाइरस बिश्वभरमा फैलिसकेको छ, भर्खरै मात्र पनि केहि व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि समेत भइसकेको अवस्थामा त्रास झनै बढेको छ। अब कोरोना भाइरसलाइ स्विकार्नु वाहेक कुनै उपाय नै छैन । कोरोना भाइरस लाग्दैमा मरिने निस्चित हुन्न निको हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस अवस्थामा हामीले सकरात्मक सोच राख्नु पर्छ ।

-कोरोना भाइरससंग लड्न मानसिक  रुपमा तयार हुनुहोस ।
कोरोना भाइरसको प्रभाव शरिरको प्रतिरक्षा शक्ति कमजोर भएको ,मानसिक अवस्था कमजोर भएको ब्यक्तिलाइ छिटो हुने भएकाले मानसिक शारिरिक रुपमा तयार हुनुहोस। सन्तुलित भोजन खाने, सरसफाइमा ध्यान दिने , भिडभाडमा नजाने गर्नुहोस । म कहिँ गएको छैन जसको कारण कोरोनाको संक्रमण हुन सकोस भन्ने कुरामा बिस्वस्त हुनुहोस । आफुमा आत्म बिस्वास भए पछि यस सम्बन्धित चिन्ता र त्रास पनि कम हुन्छ।

-आधिकारिक नभएका समाचार र म्यासेन्जरमा आउने भ्रमात्मक सामग्रीहरु हेर्दै नहेर्नुहोस ।
सामाजिक सन्जालमा कोरोना भाइरसकोबारेमा निकै भ्रमात्मक सन्देशहरु भाइरल भइरहेका छन । तपाइले पढिरहेको जानकारी आधिकारिक न्युज पोर्टलको हो होइन निस्चित गर्नुहोस । यदि आधिकारिक न्युज स्रोतको होइन भने अरु केही नसोची यो गलत जानकारी हो भन्ने ठानेर त्यसलाइ बेवास्ता गर्नुहोस । कोरोना सम्बन्धी भ्रमात्मक जानकारीले पनि चिन्ता बढ्नुमा निकै ठूलो भुमिका खेलिरहेको छ।

कोरोना नलागोस भन्नू भन्दा पनि लागे पनि लागोस यस सङ्ग लड्न म तयार छु भन्ने बलियो सोच राख्नुहोस ।
सर्वप्रथम त कोरोना लाग्दैमा मरिन्न यो बुझ्नु जरुरी छ । कोरोना लागिसके पछि पनि मर्ने भन्दा निको हुनेको संख्या अत्याधिक बढी छ। कोरोना भाइरस लागेर मर्ने 100 मा मात्र 3 प्रतिशत मात्र सम्भावना हो । त्यसैले अति धेरै चिन्ता लिनु पर्ने अवस्था छैन । कोरोना भाइरस नै नलागोस भन्ने सोच राख्ने हो भने लाग्ला कि भन्ने चिन्ता भइ नै राख्छ तर लागोस लागे पनि मलाइ केही हुन्न म लड्न तयार छु भन्ने सोच राख्दा कम्तिमा भाइरस लाग्ने डर र चिन्ताबाट चाहिँ मुक्त हुन सकिन्छ ।

– रुघाखोकी ज्वरो सामान्य रुपमा भइरहने स्वास्थ्य समस्या हुन ,
यी समस्या देखिदैमा धेरै आत्तिने र कोरोना लाग्यो कि भन्ने नसोच्ने, बरु सम्बन्धित डाक्टरको सल्लाह र औषधि लिने गर्नुहोस। जवसम्म तपाईं कोरोनाबाट प्रभावित क्षेत्रमा पुग्नु भएको छैन, कोरोना लागिसकेको ब्यक्तिको सम्पर्कमा हुनुहुन्न तवसम्म कोरोना लाग्ने सम्भावना एकदम न्यून हुने भएकाले आत्तिहाल्नु आवश्यक छैन, तर यदि तपाइलाइ शंका लागेकै भए पनि सतर्कता अपनाउन सकिन्छ अब कोरोना लाग्यो म मर्छु होला भन्ने सोच बनाइहाल्नु हुदैन । म उपचार पछि ठिक हुन्छु मलाइ केही हुन्न भन्ने ठान्नु पर्दछ ।

-आफुले सुरक्षा अपनाउने परिवारमा सतर्कता गराउने र अब हामी सुरक्षित छौ भन्ने कुरामा निर्धक्क हुने । जब तपाइलाइ यो कुरा थाहा हुन्छ कि तपाइलाइ कोरोना भाइरसको संक्रमण हुने सम्भावना नै छैन, मैले सतर्कता अपनाएको छु म सुरक्षित छु तब तपाईंमा कोरोना भाइरसको डर आफै कम हुन्छ।

– यदि तपाइलाइ कोरोना भाइरसकै कारण एकदम चिन्ता बढेको बेचैनी भएको निदाउन गार्हो भएको अवस्था छ भने नहिच्किचाइ अरु सङ्ग शेयर गर्नुहोस। आफुलाइ भएको कुरा आफै भित्र गुम्स्याइरह्यो भने झन समस्या बढ्न जान्छ तर यी कुराहरु अरु सङ्ग शेयर गर्यो भने तपाईं अरुलाइ पनि चिन्ता रहेछ, मलाइ मात्र होइन रहेछ भन्ने कुराको अनुभव हुन्छ । जसले गर्दा मन अलि हल्का हुन्छ। अरुसङ्ग शेयर गर्दा अरुबाट सहानुभुती र सुझाव साथै माया पाउन सकिन्छ । मानसिक चिन्ता कम गर्न यी कुराहरुको निकै ठूलो भुमिका हुन्छ।

अन्तत आफुलाइ कमजोर नसोच्नुहोस। यदि सतर्कता अपनाउनु भयो भने कोरोना भाइरसको संक्रमण हुने सम्भावना लगभग शुन्य 0 रहन्छ ।सरकारको तर्फबाट पनि सतर्कता अपनाइएको हुदा अब डराउनु पर्ने स्थिती पनि छैन। सुरक्षा अपनाउनुहोस मनोबल बढाउनुहोस । कोरोना भाइरसको बारे धेरै सोच्ने बुझ्न खोज्ने गर्दै नगर्नुहोस यसले तपाइमा चिन्ता बढाउन सक्छ ।

-मनोबिश्लेषक वासु आचार्य

 

GudNews24 निरन्तर सकारात्मक सन्देश…

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button