अन्यसमाचार

सर्रे जागुएर्सको पहिलो जितमा सन्दीपको राम्रो बलिङ

Sandip Lamichhnane

Gobal IME Bank

काठमाडौं । ग्लोबल टी २० क्यानडा क्रिकेट लिगमा नेपालका लेग स्पीनर ले सर्रे जागुएर्सको जितका लागि पहिलो जितमा महत्वपूर्ण २ विकेट लिएका छन् ।

क्यानडाको ब्राम्पटनमा भइरहेको लिगमा मंगलबार राति जागुएर्सले टोरोन्टो नेसनल्सलाई २० रनले पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

उक्त खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिएका थिए ।

पहिलो खेलमा नै नेपालकै दीपेन्द्र सिंह ऐरी समावेश भएको मोन्ट्रियल टाइगर्ससँग पराजित भएको जागुएर्सले दोस्रो खेल वर्षाले प्रभावित हुँदा ब्राम्पटन वल्भ्ससँग अंक बाँडेको थियो । तीन खेलबाट तीन अंक जोडेर जागुएर्स तेस्रो स्थानमा रहेको छ ।

म्याथ्यु फोर्डको ४ र सन्दीप लामिछानेले २ विकेट लिएपछि १४२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १८ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाएर १२१ रन मात्र बनाउन सफल भयो।

खेलमा टोरन्टोका लागि धेरै रन बनाएका कलिन मनरोसहित अर्मान कपुरलाई सन्दीपले आउट गरेका थिए । मनरोले ४३ रन बनाउँदा शाहिदी अफ्रिदी र जेजे स्मिथले समान २३ रन बनाए ।

२७ रनमा नै तीन विकेट गुमाएको अवस्थामा मनरो र अर्मान मिलेर इनिङ्स अगाडि बढाएका थिए । तर सन्दीपले ११औं ओभरमा उत्कृष्ट बलिङ गर्दै दुवैलाई आउट गरे । उनले ११औं ओभरको दोस्रो बलमा अरमानलाई जतिन्दर सिंहबाट क्याचआउट गराउँदै ४४ रनको साझेदारी तोडिदिएका थिए ।

सोही ओभरको चौथो बलमा सर्वाधिक ४३ रन बनाएका मनरोलाई एलबीडब्लु धरापमा पार्दै सन्दीपले दोस्रो विकेट लिएका थिए ।

त्यसपछि टोरोन्टो खेलमा फर्कन सकेन । थप ४९ रन जोड्दा ४ विकेट गुमायो र जितसम्म पुग्न सकेन । टोरोन्टोलाई जितबाट रोक्न जागुएर्सका म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ तथा सन्दीपले २ विकेट लिए ।

स्पेन्सर जोन्सन, अमर खालिद र बर्नार्ड स्कोल्ट्सले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जागुएर्सले १८ ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । जसमा कप्तान इफ्तिखर अहमदले सर्वाधिक ४७ र विकेटकिपर लिट्टन दासले २१ रन बनाएका थिए ।

टोरोन्टोका साद विन जफरले २ विकेट लिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button