अन्यशिक्षा स्वास्थसमाचार

रुँदाखेरि यस्ता फाइदाहरू हुन्छ पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

धेरै व्यक्तिहरुले रुनुलाई कमजोरीको रूपमा हेर्छन र आँसुलाई दबाउने प्रयास गर्दछन्, तर विज्ञानले सुझाव दिन्छ कि त्यसो गर्नु भनेको रुनुको धेरै फाइदाहरू गुमाउनु हो ।रुनु भनेको एक प्राकृतिक प्रतिक्रिया हो । मानिसहरूमा दु: ख, शोक,आनन्द,निराशा ,खुशी ,रिस ,उत्साह सहित भावनाहरूको श्रृंखला हुन्छ । यिनीहरु हामीले भोग्ने सुख दुख प्रति गरिने प्रतिक्रिया हुन तर के रुनुको कुनै स्वास्थ्य लाभ छ ?

रुनु कुनै अनौठो कुरा होईन। पुरुष महिला दुवैले सोचे भन्दा बढी रुन्छन्। संयुक्त राज्य अमेरिकामा भएको अध्ययन अनुसार महिलाहरू प्रति महिना औसत ३/४ पटक र पुरुष एक महिनामा १/२ पटक रुन्छन । चाखलाग्दो कुरा के छ भने, मानिसहरु नै केवल रुने प्राणिहरू हुन् । यो लेखले हामी किन रुन्छौं र रुनुमा के स्वास्थ्य फाइदा हुन सक्छ यसको बारेमा चर्चा गर्नेछ ।

रुवाई तीन किसिमका हुन्छन । आँसु दुख पर्दा वा चित्त दुख्दा मात्र खस्ने तरल पदार्थ होइन यो आँखाको लागि निकै जरुरी छ । आँसुले आखालाई सुख्खा हुनबाट जोगाउने र आँखा सफा राख्ने काम गर्दछ । त्यसैले आवश्यकता अनुसार आँखामा आँसु निस्किरहेको हुन्छ ।
अर्को आँखामा वाह्य वस्तु या फोहोर पस्दा आँसु आउने गर्छ ।  यो आँसु सुरक्षाको लागि आउने गर्दछ । त्यस्तै अर्को अनुभवसंग जोडिएका स्ट्रेस हर्मोनहरु प्रभावित भएर आँसु आउने गर्दछ र जव हामी रुने बारे कुरा गर्छौ तव हामी भावनात्मक रुने कुरा कुरा गर्छौ ।

रुनुको फाइदाहरूः

– रुँदा आफ्नै भावनाहरू नियन्त्रित हुन्छन । मनलाई शान्त गराउने र स्ट्रेस कम गर्दछ ।

– रुँदा आशु आउने प्रक्रियामा प्यारासिम्पेथेटिक स्नायु प्रणाली (PNS) सक्रिय हुन्छ , जसले मानिसहरूलाई आरामको महशुस गर्न मद्दत गर्दछ।

– पीडा कम गर्न सहयोग गर्दछ
अनुसन्धानबाट यो पत्ता लागेको छ कि रुदाखेरी आत्मसंयम हुनुको साथै भावनात्मक आँसु बगाउँदा ओक्सीटोसिन र एन्डोरफिन जस्ता रिल्याक्स हर्मोन पनि रिलीज हुन्छ। यी रसायनहरूले मानिसहरूलाई आनन्द महसुस गराउँदछन र शारीरिक र भावनात्मक दुखाइ पनि कम गर्न सक्छन । यसर्थ रुनुले दुखाई कम गर्न र कल्याणको भावनालाई बढावा दिन सक्छ।

– ब्याक्टेरियाहरु विरुद्ध लड्छ।
रुनुले ब्याक्टेरियालाई मार्न र आँखालाई सफा राख्न मद्दत गर्दछ किनकि आँसुमा लाइसोजाइम भन्ने फ्लुइड हुन्छ। लाइसोजाइमसँग त्यस्तो शक्तिशाली एन्टिमाइक्रोबियल गुणहरू हुन्छन जसले एन्थ्रेक्स जस्ता बायोटेरर एजेन्टहरूद्वारा हुन सक्ने जोखिमहरूलाई कम गर्न पनि मद्दत पुर्‍याउँछ।

– अरूबाट सहयोग प्राप्त गर्नमा मद्दत गर्दछ ।
मानिसलाई स्वस्थ रहन सहयोग गर्नुको साथसाथै, रुवाइले वरपरका मानिसहरूलाई रुने व्यक्ति तर्फ ध्यानाकर्षण गराउँछ । यसले भावनात्मक सम्बन्ध प्रगाढ बनाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । २०१६ को एक अध्ययनले वर्णन गरेझैं रुनु मुख्यतया एक संलग्नक व्यवहार हो, किनकि यसले हाम्रो वरिपरिका मानिसहरूलाई आफु प्रति मायाँको भावना जगाउँछ । यसलाई एक पारस्परिक वा सामाजिक लाभको रूपमा पनि लिन सकिन्छ ।

– टक्सिनहरु शरीरबाट वाहिर निस्किन्छन र तनाव कम गर्दछ।
जब मानिस तनावको प्रतिक्रिया स्वरुप रुन्छन,आँसुसंगै अनेकौं तनाव हार्मोनहरू र अन्य रसायनहरू वाहिर निस्किन्छन । अन्वेषकहरूका अनुसार रुँदा शरीरमा यी रसायनहरूको स्तर कम हुन्छ, फलस्वरूप तनाव कम गर्दछ।

– निद्रा लाग्नमा मद्दत गर्दछ ।
रुनुले बच्चालाई अझ राम्ररी निदाउन मद्दत गर्दछ। रुनुले वयस्कहरुमा उही निद्रा-बढाउने प्रभाव पार्छ पार्दैन यसबारे भने अनुसन्धान गर्न अझै बाँकी छ। यसले मन शान्त बनाउने , मुड-बृद्धि गर्ने, र दुखाइ कम गर्ने भएकाले व्यक्तिलाई सजिलै निदाउन भने पक्का मद्दत गर्दछ।

– दृष्टि सुधार गर्दछ।
आँसु, जो प्रत्येक पल्ट आँखा झिम्क्याउदा पनि आउँछ ,आँखालाई ओसिलो राख्न र म्युकोस झिल्लीलाई सुख्खा हुनबाट रोक्छ। आँसुको लुब्रिकेटिंग प्रभावले अझ स्पष्ट देख्नमा मद्दत गर्दछ। झिल्ली सुख्खा हुँदा दृष्टि धमिलो हुन सक्छ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

[irp posts=”3930″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button