अन्यसमाचार

ललितपुर महानगरपालिका – साइकल सिटी

Gobal IME Bank

-chiribabu-maharjan-lalitpur१३ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले  साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को शुभारम्भ गर्नुभएको छ ।  सरकारले असीमित मोटरसाइकल र गाडीहरु भित्र्याएका कारण साइकलयात्रीको अधिकार खोसिएको र वातावरण समेत प्रदुषण भएको महर्जनले व्यक्त गर्नुभयो ।  कुपण्डोलबाट साइकल लेनको निर्माण सुरु भएको हो । पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल हुँदै पाटन दरबार स्क्वायर सम्म साइकल लेन बनाउने र त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना महानगरको रहेको छ  । कार्यक्रममा उपस्थित भएका ट्राफिक प्रहरीका पूर्वइन्स्पेक्टर सिताराम हाछेथुले साइकल लेनको बारेमा अन्य सवारीचालकलाई पनि जानकारी गराउन आवश्यक रहेको बतानुभयो । साइकल लेन निर्माण गरिसकेपछि लेनभित्र गुड्ने अधिकार साइकललाई मात्र हुन्छ। साइकल नभएको बेलामा मात्र अन्य सवारीले प्रयोग गर्न पाउनेछन् भन्ने बुझाउन आवश्यक रहेको र  यसका लागि ट्राफिक प्रहरी लगायत सबैले प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

केही दशक पहिलेसम्म ललितपुर साइकल मैत्री शहर रहेको स्मरण गर्दै मेयर महर्जनले भन्नुभयो , भोटो जात्राको बेला पुल्चोकमा साइकल स्ट्याण्ड राखेका थियौं र एउटा साइकल राखेको १० पैसा लिँदा पनि ३५ रुपैयाँ उठेको थियो ।’ अहिले फेरि ललितपुरलाई साइकलमैत्री शहर बनाउने अभियान सुरु भएक  बताउनु भयो । हाल भएको सडकको १.५  मिटर चौडाइलाई साइकल लेनका रुपमा मार्किङ गरिनेछ  ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button