भिडियोमनोरञ्जन

सलमान खानको दबंग 3 को ट्रेलर आयो

Gobal IME Bank

dabangg 3

७ कात्तिक, काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म दबंग 3 को ट्रेलर रिलीज भएको छ। ट्रेलरमा सलमान खान चुलबुल पाण्डेको भूमिकामा देखिन्छन्। एकातिर जब उनी गुण्डाहरुलाई कुटपिट गर्दै छन भने अर्कोतर्फ उनी कमेडी र रोमान्स गर्दै छन
सलमान खानको दबंग3 को क्रेजको क्रेज प्रशंसकहरू बीच कती रहेछ यसबाट अनुमान लगाउन सकिन्छ कि केहि मिनेटमै ट्रेलरले हजारौं लाइक पाइसकेको छ्, फ्यानहरुले ट्रेलरलाई एकै पटकमा हजारौं पटक रिट्वीट गरेका छन्। ट्रेलर सोशल मीडियामा भाइरल भएको छ। हेर्नुहोस् यो ट्रेलर कस्तो छ

विशेष कुरा यो हो कि दबङ्ग 3 मा चुलबुल पाण्डे ‘दबंग’ बनेको कथा पनि देखाइनेछ। ट्रेलर रिलीज हुने बित्तिकै सलमान खानका फ्यानहरूले फिल्मलाई ब्लक बस्टर भनिरहेका छन्।

डिसेम्बर २० का दिन प्रदर्शन हुने यो फिल्मको प्रचार प्रसारका लागि सलमान खानले विशेष तयारी गरिरहेका छन् । यसपटक उनले सलमान खानको रुपमा नभइ चुलबुल पाण्डेको रुपमा नै प्रचार प्रसार गर्ने बताइन्छ । आज पनि सलमा खान चुलबुल पाण्डेकै रुपमा मानिसहरुलाई भेट्दैछन् ।

                            हेर्नुहोस् भिडियो 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button