मनोरञ्जनसमाचार

राष्ट्रिय नेपाली क्रिकेट टोलीको समर्थनका लागि श्रीलंका पुगिन् नायिका वर्षा सिवाकोटी

Asia Cup 2023

Gobal IME Bank

काठमाडौँ । २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोली भारतसँग आज आमनेसामने हुँदैछ । एसिया कप अन्तर्गत श्रीलंकाको क्यान्डी स्थित पाल्केके रंगशालामा नेपाली समय अनुसार सोमबार दिउँसो ३ बजे खेल हुँदैछ ।

नेपाली टोलीलाई हौसला दिनका लागि रास्वपा अध्यक्ष रवि लामिछानेदेखि काठमाडौं महानगरका मेयर बालेन साह पनि कोलम्बोमा छन् । यो मेसोमा नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी पनि कोलम्बो पुगेकी छन् । फिल्म निर्माता तथा अभिनेता स्वतन्त्रप्रताप शाह पनि कोलम्बो पुगेका छन् ।

स्वतन्त्रले कोलम्बो पुगेर नेपाली क्रिकेट टोलीका क्याप्टेन रोेहित पौडेललाई राष्ट्रिय झण्डा प्रदान गरे । अभिनेत्री सिवाकोटीले पनि कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा भन्दै उनले फोटो सेयर गरेकी छन् । वर्षा खेलमा रुचि राख्ने अभिनेत्री मध्ये पर्छिन् ।

पाकिस्तानमा भएको एसिया कपको उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । एसियाको समूह एमा नेपाल भारत र पाकिस्तानसँग एउटै समूहमा छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button