गुड न्यूज 24मुख्य समाचारसमाचार

दशैँ विदामा इन्धन वितरण नरोकिने

Dashain

Gobal IME Bank

काठमाडौं। नेपाल आयल निगमले दशैँ विदामा पनि इन्धन वितरण नरोक्ने भएको छ । निगमले दशैँ विदामा पट्रोल, डिजेल र हवाई इन्धन वितरण गर्न भनी देशभरका डिपोहरुलाई सूचित गरेको छ ।

विदाका बेला कुन ठाउँमा, कुन दिन, कुन डिपो खुल्ने भन्नेबारे निर्क्योल गर्न देशभरका कार्यालयबाट विवरण माग गरिएको निगमका प्रवक्ता मजोज ठाकुरले जानकारी दिए ।

यस विषयको जानकारी दिन निगमले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । निगमको बागमती प्रादेशिक कार्यालय थानकोटले सप्तमी, नवमी र द्वादशीमा डिपो खोलेर इन्धन वितरण गर्ने जानकारी केन्द्रीय कार्यालयलाई दिइसकेको छ ।

सबैभन्दा ठूलो डिपो मानिएको मधेश प्रादेशिक कार्यालय अमलेखगन्जले सप्तमी र द्वादशीका दिन खुला गर्ने जानकारी केन्द्रीय कार्यालयमा पठाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button