मनोरञ्जनसमाचार

दशैं गीत ‘आउँछु घर दसैँमा’ सार्वजनिक

Dashain

Gobal IME Bank

काठमाडौंँ । दशैँ पर्व आउदै गर्दा विशेष गीतहरु सार्वजनिक हुने क्रम पनि बढि रहेको छ । यसै क्रममा गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वर रहेको दशैं गीत ‘आउँछु घर दसैँमा’ सार्वजनिक भएको छ ।

गायक भण्डारीकै शब्द र संगीत रहेको गीतमा एरेन्ज जय देवकोटाले गरेका छन् । गीतको भिडियोमा दसैँका लागि विदेशमा रहेका एक युवक घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । भिडियोमा भुवन।के पोखरेल र अनिशा पराजुलीको अभिनय रहेको छ ।

गायक भण्डारीको निर्देशन रहेको भिडियोमा छायांकन तथा सम्पादन प्रवेश पोखरेलको गरेका छन् । भिडियोमा रहेको एक्सन निर्देशन छवि भुषाल र रिकेश धिताल गरेका छन् ।

दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button