अन्यसमाचार

अल नासर पुगे साडियो माने

Sadio Mane

Gobal IME Bank

काठमाडौँ । सेनेगलका प्रभावशाली स्ट्राइकर साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अल-नासर जानका लागी बायर्न म्युनिख छाडेको समाचारमा बताइएको छ ।

अल-नासर फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध भएको क्लब हो । माने
सन् २०२२ मा बायर्न म्युनिखमा आबद्ध भएका थिए । एक सिजन बायर्न म्युनिखमा बिताउँदा उनले क्लबका लागि ३८ खेलमा १२ गोल गरेका थिए ।

बायर्न म्युनिखमा आबद्ध हुनुअघि उनी लामो समय इङ्लिस क्लब लिभरपुलमा आबद्ध थिए । उनी सन् २०१६ मा लिरभपुलमा आबद्ध भएका थिए । लिभरपुलबाट साडियो मानेलाई भित्राउन बायर्न म्युनिखले तीन करोड ५० लाख पाउण्ड खर्चिएको थियो ।

उनले अल नासरसँग चार वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ । आइभरी कोस्टका मिडफिल्डर सेको फोफनापछि अल नासरमा आबद्ध हुने प्रभावशाली खेलाडी हुन्, माने । त्यसअघि पाँच पटकका बालन डीओर विजेता रोनाल्डो, क्रोएसियन मिडफिल्डर मार्सेलो ब्रोभोभिच, ब्राजिलका एलेक्स टेल्लस अल-नासरमा आबद्ध भएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button