मुख्य समाचारसमाचार

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फको सांसद टुंगो लगायो

Gobal IME Bank
file photo

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक तर्फका सांसदको टुंगो लगाएको छ ।
शनिवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय समिति बैठकले निर्वाचन आयोगले तय गरेको मापदण्ड भित्र रहेर १३ जना समानुपातिकतर्फका सांसदहरुको सूचि टुंगो लगाएको हो ।

जस अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनुभएको छ । त्यसैगरी आदिवासी जनजातिको तर्फबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनुभएको छ भने खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायत सांसद बन्नुभएको छ । लक्ष्मी तिवारी र मनिष झालाई मधेशीतर्फबाट चयन गरिएको छ भने अशोककुमार चौधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई समानुपातिकतर्फको सांसद छनोट गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डाक्टर मुकुल ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पाएको १३ सिट अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली रहनुभएको छ । आदिवासी जनजातिको तर्फबाट डा। ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ रहनुभएको छ । खस आर्यबाट प्राध्यापक डाक्टर चन्दा कार्की, डोरप्रसाद अर्याल, निशा डांगी र विनिता कठायतलाई समानुपातिकमा समावेश गरिएको छ ।

लक्ष्मी तिवारी र मनिष झालाई मधेसीतर्फबाट राखिएको छ । अशोककुमार चौधरीलाई थारुबाट र मुस्लिमबाट असिम साह गरी १३ जनालाई छनोट गर्ने गरी निर्णय गरिएको छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ जना सांसदहरु निर्वाचित हुनुभएको छ । बैठकले निर्वाचनमा पार्टीलाई मत दिने सबै मतदातालाई धन्यवाद दिँदै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलगायतका सम्बन्धित सबै पक्षप्रति आभारसमेत व्यक्त गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button