मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के हो डिटक्स वाटर ? डिटक्स वाटर पिउँनुको फाइदाहरु…

Gobal IME Bank

एजेन्सी । पछिल्लो समय नेपालमा पनि डिटक्स वाटरको निकै चर्चा भई रहेको छ । स्वास्थ्यको लागि निकै सचेत हुन थालेका नेपालीहरुका लागि डिटक्स वाटर पिउनु धेरै फाइदाजनक कुरा हो। गर्मी मौसममा हाइड्रेटेड रहनु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक कुरा हो । डाक्टरहरु दिनमा ८ ग्लास पानी पिउनको लागि सल्लाह दिने गर्छन् । डिटक्स वाटर स्वच्छ पिउने पानीलाई काचको जार, डिसपेन्सर, बोटल या कुनै जगमा विभिन्न जडीबुटी, फलफुल र तरकारीको स्लाइस हालेर छोपी पुरा रात राखेर बिहान पिउने गरिन्छ । पटक पटक पानी थपेर घटिमा ६ घन्टा पछाडि पिउनाले शरीरका अर्गनहरु प्युरीफाइ गर्न धेरै मद्दत मिल्छ । उमालेर चिसो गरेको या जारको स्वच्छ पानीमा यो डिटक्स वाटर बनाउन सकिन्छ।

कसरी बनाउने डिटक्स वाटर ?
बिहानको नास्ता खानु अगाडी डिट्क्स वाटर दुई गिलास पिउनु फाइदाजनक हुन्छ । डिटक्स पानी घरमा पनि सजिलै बनाएर पिउन सकिन्छ यसको लागि पानी र जडिबुटी, फलफुल वा तरकारीको आवश्यकता पर्छ ।

पानीलाई सफा सिसाको बोटल,जग,जार या डिस्पेन्सरमा राख्ने। फलफुल, जडीबुटी र तरकारीलाई सानो टुक्रा पारेर काटेर सफा पानीमा पखालेर तातो अथवा चिसो पानीमा मिसाउने । मिक्स गरेको पानीलाई १ देखि १२ घण्टा सम्म मिसाउने र फ्रिज वा फ्रिज बाहिर राख्ने र पिउने समयमा पानीमा भएको यी तरकारी फलफुल वा जडीबुटीलाई पानीबाट निकालेर राख्ने ताकि यी इन्ग्रिडेन्टहरु पानीमा नगलोस् ।

डिटक्स वाटर बिहान खाली पेटमा छानेर पिउने गर्दा फाइदाजनक हुन्छ । यी काटेका फलफुल, तरकारी वा जडीबुटी अधिकतम ३ पटक सम्म पानी मिसाएर पिउन मिल्छ । यसलाई कममा पनि ३ घन्टा डुबाइ राख्नुपर्ने हुन्छ। पानीमा जति धेरै इन्ग्रिडेन्टस् मिसायो त्यति नै पानीको फ्लेबर राम्रो हुन्छ ।

डिटक्स वाटर पिउँनुको फाइदाहरु:

नियमित रुपमा डिट्क्स पानी पिउदा स्वास्थ्य सम्बधी धेरै फाइदा मिल्छ । ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा मिल्छ । शरीरमा रहेको टक्सिनलाई हटाएर डिटक्स गर्ने हुनाले नै यो घुलित मिश्रण पानीलाई डिटक्स पानी भनिएको हो। डिटक्स वाटरले तौल घटाउन र उच्च रक्तचापलाई सन्तुलनमा राख्न यो पानीले धेरै मद्दत पुर्‍याउँछ, खाना पचाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्‍याउँछ। शरीरमा ताजगी जगाउनुको साथै फुर्तिलो बनाउँछ। इनर्जी लेबल बढाउन मद्दत पुर्‍याउँछ। यो पानीको सेवनले अनुहारको चमकमा परिवर्तन ल्याउँछ र हाम्रो शरीरको पिएच लेबललाई पनि सन्तुलनमा राख्न मद्दत मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button