मुख्य समाचारसमाचार

कसरी हुन्छ डाइबिटिज ? बिरामीहरुले ध्यान दिनु पर्ने कुराहरु…

Gobal IME Bank

एजेन्सी । मधुमेहको रोगीहरुले औषधीको साथ साथै आफ्नो डाइटमा पनि ध्यान दिनु आवश्यक हुन्छ । डाइबिटिजको बिरामीहरुले सानो र साधारण गल्ती गर्दा पनि उनीहरुको स्वास्थ्यमा निकै असर गरिरहेको हुन्छ ।

मधुमेहको बिरामीहरुको सङख्या आजभोली तिब्र रुपमा बढि रहेको छ । मधुमेह बढ्दो उमेर र फ्यामिली हिस्ट्रिको कारणले लाग्ने स्वास्थ्य विशेषज्ञहरु बताउछन् । स्वास्थ्य विशेषज्ञको अनुसार हाम्रो खानपान, लाइफस्टाइल, र बानीहरु पनि हाम्रो शरीरमा सुगर लेबल बढ्ने कारण हुन । हामीले के खान्छौ र कस्तो जिवनशैली अपनाउँछौ यस कुराहरुले पनि हाम्रो स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।
हामीले दैनिक सानो सानो कुराहरुमा ध्यान नदिनाले डाइबिटिजको खतरा बढ्न सक्छ । के-के हुन् डाइबिटिजका बिरामीहरुले ध्यान दिनु पर्ने कुराहरु

१. वाइट ब्रेड
प्राय हामी सबै बिहानको ब्रेकफास्टमा ब्रेड खाने गर्छौ । वाइट ब्रेडमा कार्बोनडाइअक्साइड पाइन्छ । रिफाइन्ड कार्बोनडाईअक्साइटले ब्लड सुगरले तेजिका साथ बढाउने गर्छ त्यसैले यसको सेवन डाइबिटिजको बिरामीहरुको लागि हानिकारक हुन्छ । डाइबिटिजको बिरामीहरु कुनै पनि किसिमको रिफाइन्ड क्रयाब्सबाट टाढा रहँदा उनीहरुको स्वास्थ्यको लागि लाभदायी हुन्छ ।

२. भोकै नबस्ने
डाइबिटिजको बिरामीहरुले खानपिन र त्यसको समयमा पनि निकै ध्यान दिनुपर्छ । यस बिरामीको रोगीहरुलाई भोकै नबस्न पनि सल्लाह दिइने गरिन्छ त्यसैले डाइबिटिज भएको व्यक्तिहरुलाई बिहानको ब्रेकफास्ट स्किप नगर्न सल्लाह दिइएको छ । बिहानको खाना नखाने मानिसहरुमा यो रोग लाग्ने जोखिम ज्यादा मात्रामा हुने कुरा द जर्नल अफ न्युट्रिसनमा प्रकाशित गरिएको छ । राती देखि १० घण्टा सम्म केही नखाएको समयमा बिहान पनि ब्रेकफास्ट नगर्दा सुगर लेबल कम हुने गर्छ त्यसैले सधै बिहान ब्रेकफास्ट गर्ने बानि बसाल्ने ।

३. व्यायाम गर्ने
डाइबिटिजको रोगीहरुले व्यायाम गर्नु अति आवश्यक हुन्छ । सन् २०२१ मा ४ लाख ७५ हजार भन्दा बढी मानिसहरुमा गरिएको एक अध्ययनमा अल्छी जिवनशैली र व्यायाम नगर्ने मानिसहरुमा टाइप दुई डाइबिटिज हुने जोखिम ३१ बढ्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाएका थिए । व्यायामको लागि जिम धाउनु पर्छ भन्ने छैन मर्निङ वाक अथवा घरमा नै बसेर भिडियोको माध्यमबाट व्यायाम गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button