मुख्य समाचारसमाचार

दरबारमार्ग क्षेत्रमा अब पार्किङका लागि यी ठाउँहरु खुल्ला, हेर्नुहोस्

Gobal IME Bank

काठमाडौं । दरबारमार्ग क्षेत्रको एक लाइन पार्किङ हटाएसंगै बिकल्पको रुपमा अन्य यी स्थानहरु पार्किङको लागि खुलाइएको छ ।

दरबारमार्ग क्षेत्रमा अब दरबार मल (१), दरबार मल (२), विश्व ज्योती (१), विश्व ज्योती मल (२), अन्नपुर्ण होटल र राइजिङ मलमा पार्किङको लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालिका यसअघि पुष १९ गते दरबारमार्ग क्षेत्रको बाटो खाली र खुला बनाउने उदेश्यको साथ ट्राफिक प्रहरीको समन्वयमा दरबारमार्गको एक लाइन पार्किङ हटाएको थियो ।

महानगरको सो कार्यको विरोध गर्दै दरबारमार्ग क्षेत्रका व्यवसायीहरू भने केही असन्तुष्ट बनेका थिए । दरबारमार्ग विकास बोर्डले डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको भन्दै व्यवसायमा ५० प्रतिशत गिरावट आएको पनि बताएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button