समाचारसूचना प्रविधि

के हो ई सिम ? अरु सिम भन्दा फरक कसरी ?

Gobal IME Bank

काठमाडौं । नेपाल टेलिकमले केही महिना अगाडी मात्रै ई सिमको सर्भिस सुरु गरेको छ । आइफोन १४ मा ई सिम मात्र चल्ने जानकारी आएपछि नेपाल टेलिकमले ई सिम सुचारु गरेको छ । हामीले हाल सम्म चलाई रहेको सिमलाई फिजिकल सिम भनिन्छ यो सिम पहिले क्रेडिट कार्डको आकारको हुन्थ्यो ।

फिजिकल सिमको साइज मोबाइलको डिजाइन अनुसार घट्दै गएको छ । अहिले हामीले सबै भन्दा सानो आकारको सिम नानो सिम आफ्नो मोबाइलमा चलाइरहेको छौ ।

ई सिमल डिजिटल सिम हो यो सिम अरु सिम भन्दा फरक किसिमको हुन्छ किनभने यो सिमे पहिले चिप सेट मार्फत नै मोबाइलमा ई सिमकार्ड राखेको हुन्छ । यसलाई टेक्निकल शब्दमा “इम्बेडेबड युनिभर्सल इन्टिग्रेटेड सर्केट कार्ड ” भनिन्छ । यो कार्ड जुन जुन मोबाइलको सेटमा हुन्छ त्यो मोबाइलमा ई सिम चल्छ । यो सिम हामीले अरु सिम जस्तो निकाल्न मिल्दैन तर यो सिमले फिजिकल सिमबाट गरिने सबै काम गर्छ । यो सिम आफ्नो सिममा सुचारु गर्नको लागि हामीले नेटवर्क सर्भिस प्रोभाइडरबाट एउटा ई सिम प्रोफाइल आफ्नो मोबाइलमा डाउनलोड गरेर चलाउन सकिन्छ ।

नेपालमा अहिले नेपाल टेलिकमले मात्र ई सिम सुचारु गर्न थालेको छ । हामीले आफ्नो मोबाइलमा ई सिम सुचारु गर्नको लागि काठमाडौको थिमि, चाबहिल, पाटन, पुल्चोक, भक्तपुर, गोङ्गबु, नक्साल, सुन्धार, र छाउनिको नेपाल टेलिकमको अफिसमा जान सक्छौ । ई सिम सुचारु गर्नको लागि नागरिकताको पनि आवश्यकता पर्छ । हामीले आफुसँग भएको पुरानो पोस्टपेड वा प्रिपेड सिमलाई ई सिममा अपग्रेड पनि गर्न सक्छौ । नेपाल टेलिकमले दिएको जानकारी अनुसार हामीले पोस्टपेट ई सिम नयाँ लिन मिल्छ भने प्रि पेड सिम लिँदा पहिले सिम कार्ड किनेर त्यसलाई ई सिममा अपग्रेड पनि गर्नु पर्छ ।

यो सिमको धेरै फाइदाहरु छ यो हाले पछि फिजिकल सिमको आवश्यकता पर्दैन र यसमा धरै प्रोफाइलहरु पनि खोल्न मिल्छ । जसको मतलब हामीले एन टि सि, एनसेल र स्मार्टको प्रोफाइल खोलेर परिवर्तन गर्दै सिम चलाउन मिल्छ तर हामीले एकै पटकमा तिन वटै नेटवर्क चलाउन भने मिल्दैन एउटा सिमको नेटवर्क चलाउन अर्को सिमको नेटवर्कलाइ डि एक्टीभेट गरे पछि मात्र चलाउन मिल्छ ।

एउटा मात्र फिजिकल सिम हाल्न मिल्ने मोबाइमा पनि हामीले ई सिम प्रयोग गरेर दुइ वटा सिम चलाउन मिल्छ । विदेश भ्रमण गर्दा पनि अरु देशको प्रोफाइल ई सिममा छ भने त्यहाँको नेटवर्क चलाउन मिल्छ । सिम निकाल्न नमिल्ने कारणले गर्दा फोन हराउने जोखिम कम हुन्छ किनभने मोबाइल हराए पनि एनटिसिले हाम्रो मोबाइल सजिलै ट्रयाक गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button