अन्यसमाचार

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समूहको शनिबार सम्पन्न सभाले उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता स्वागत नेपालले घोषणा गर्नुभयो ।
सदस्यहरुमा रोशन क्षेत्री गाउँले, गोपाल सङ्ग्रौला, विष्णु विवेक विश्वकर्मा, यशोदा अधिकारी, प्रज्ञा तिमल्सिना, ओमप्रकाश घिमिरे, जनक पण्डित र सविना बानियाँ निर्वाचित हुनुभएको छ । कूल ४२ सदस्य रहेको समूहका निवर्तमान अध्यक्ष रोश्ना सुब्बाले नवनिर्वाचित समितिलाई शिक्षाका नयाँ मुद्दालाई स्थापित गर्न आग्रह गर्नुभयो । समूहको अधिवेशनको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″]

[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”3790″]

[irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button