अन्यसमाचार

आठ गजलकारका प्रस्तुति फागुन १० मा -GoodNews24

Gobal IME Bank

पाेखरा । गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत गर्ने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो ।
‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि।सं। २०५९ मा यहाँ सो सस्था स्थापित भएको थियो । उहाँले यसपटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल वाचन गर्नुहुने बताउनुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष दिलीप दोषीका साथमा दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, मन क्षत्री, उदीपराज ढुङ्गाना, विर्सना बस्नेत र अमृत सुवेदीले पाँच ÷पाँच गजल प्रस्तुत गर्नुहुनेछ ।
नेपाली गजलको उत्थानमा क्रियाशील संस्थाले नियमित गजल वाचनका साथै विभिन्न विचार गोष्ठी, गजल प्रशिक्षण कार्यशाला,संयुक्त गजल सङ्ग्रह प्रकाशन लगायत गतविधि सञ्चालन गर्दै आएको छ । संस्थाले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार नवनीत साहित्य सागरसँगको संयुक्त आयोजनामा ‘अक्षरयात्रा’ कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आइरहेको संस्थाका सचिव त्रुपकले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button