मुख्य समाचारसमाचार
मंसिर ४ र ५ गते सार्वजनिक विदा
काठमाडौं । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल जानकारी दिए ।
सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।