मुख्य समाचारसमाचार
एल भी का मालिकको सेयर मुल्यमा गिरावट आएपछि मस्क बने पुनः विश्वकै धनी व्यक्ति
काठमाडौं । टेस्लाका संस्थापक एलन मस्क पुनः विश्वका सबै भन्दा धनी व्यक्ति बनेका छन् ।
फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएपछि मस्क विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा पहिलो स्थानमा उक्लन सफल भएका हुन् ।
हाल मस्कको कुल सम्पति १ सय ९२ बिलियन अमेरिकी डलर रहेको बताइएको छ ।
उक्त सूचीको दोस्रो नम्बरमा १ सय ८७ बिलियन डलरका साथ बर्नार्ड अर्नाल्ट रहेका छन् भने भारतीय अर्बपति मुकेश अम्बानी ८४ बिलियन डलरका साथ १३ नम्बरमा रहेका छन् ।