समाचार

कोरोना कहरबीच १२ कक्षाको परीक्षा-GoodNews24

Gobal IME Bank

९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि कक्षा १२ को परीक्षा उपस्थितिमै सुरु भएको छ । गत वैशाखमै हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड-१९ का कारण प्रभावित भइरहेको थियो । यसै बिच लामो समयको अन्यौलता पछी आज बाट कक्षा १२ को परिक्षा सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताए । उनका अनुसार ‘आज पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको छ, तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको रिपोर्ट हामीलाई आएको छ ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले काठमाडौं उपत्यकाका केही परीक्षा केन्द्रको स्थलगत अनुगमन पनि गरेका थिए । विश्वनिकेतन माविको अवलोकनपछि उनले सही व्यवस्थापनबाट सहजरुपमा परीक्षा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

यसपटक परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button