शिक्षा स्वास्थसमाचार

काठमाडौँ महानगरपालिकाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

Eye Check Up

Gobal IME Bank

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।

बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने जानकारी दिईएको छ ।

शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताए । उनले अप्रेसन गर्नुपर्ने भएकाहरूलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए ।

विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौँ महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button