मनोरञ्जनमुख्य समाचारसमाचार

फेसन शोमा सहभागी हुन मलाइका काठमाडौंमा, ‘नेपाल आउन पाउँदा खुसी’

Gobal IME Bank

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छन् । बिहिवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी आइपुगेकी हुन् ।

फेसन रनवेमा शो-स्टपरको रुपमा भाग लिन मलाइका नेपाल आएकी हुन् । नेपाल रत्न तथा आभूषण संघले यो एक्स्पो आयोजना गर्न लागेको हो ।

विमानस्थलबाट निस्के लगत्तै मलाइका होटल याक एण्ड यति पुगेकी थिइन् । मलाइकाले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै निम्तोका लागि धन्यवाद समेत दिइन् ।

नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको कार्यक्रमले नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । एक्स्पो तीन दिनसम्म हुने बताइएको छ । एक्स्पोमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने छ ।

बिहीबार बेलुका हुने एक्स्पो शुभारम्भ समारोहको फेसन रनवेमा मलाइका शो स्टपर हुनेछिन् भने नेपाली मोडलहरुले र्‍याम्प नाप्नेछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button