अन्यमनोरञ्जन

नेपाली चलचित्र ” फर्स्ट क्रर्स ” दमदार एक्सन तथा सस्पेन्स कथामा निर्माण हुने – GoodNews24

Gobal IME Bank

काठमाडाैँ । भारतबाट चलचित्र सम्बन्धि अध्ययन लगतै बलिउड , टलिउड, कलिउड चलचित्र मा काम गरेका कथा, निर्देशन, लेखन ललित कुमार थापाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन्, थापाकै कथा, निर्देशन, लेखन तथा निर्माण समेत रहने फिल्म ” फर्स्ट क्रर्स ” को तयारी हुदै छ ।
पछिल्लो समय कोरोनाभाइरसका कारण फिल्मी कामहरु कम भइरहेका छन् । यसैबीच कोरोनालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गरी फिल्मको प्रि-प्रोडक्शनकाे काम भइरहेको छन् । लकडाउनको समयमा नै कथा/स्क्रिप्ट तयारी भइसकेकाे थापाले बताउनु भएकाे छ ।

प्रियल फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ” फर्स्ट क्रर्स ” कथा, फिल्मको स्क्रिप्टको काम लगतै सकेर लगतै तिहार पछि बाट छायांकन हुने। चलचित्र भोजपुर, काठमाडौँ लगायत नेपालको थुप्रै ठाउँमा फिल्मको छायांकन हुने, सीने जगतमा डेब्यु नायक/ नायिका साथै पुराना चलेका केहि कलाकार पनि देख्न पाइने थापाले बताएका छन् । यस चलचित्र ” फर्स्ट क्रर्स ” का निर्माता सपना राई, मिलन राई, पासांग शेर्पा र कार्यकारी निर्माता मनोज राराहंग राई, यजराज कुँवरको रहने छ भने नेपाली, भोपुरी, हिन्दि चलचित्रमा दमदार एक्शन दिइरहेका द्वन्द्व निर्देशक श्री श्रेष्ठ र छायाँकन निलकमल मोक्तानले गर्ने र असिष्टन निर्देशकमा राजु घिमिरेलाई अध्यागमन गरिएका छन् ।

चलचित्र लभ स्टोरी, हाँस्य, दमदार एक्सन तथा सस्पेन्स कथामा निर्माण हुन लागेको यस चलचित्र नयाँ पुराना अभिनेत्री/कलाकार साथै बाँकी प्रि–प्रोडक्सनको काम सकिए लगतै छायांकन गर्ने योजनामा रहेको बताइएको छ । एक्शनको लागि कलाकारलाई मार्सलअार्ट/ फिजिकल र बडी बढाउने तयारी पनि चलिरहेका छन् । फिल्म ” फर्स्ट क्रर्स ” मा अहिलेसम्मकै लभ स्टोरी, हाँस्य, दमदार एक्सन तथा सस्पेन्स खतरनाक खलनायक पात्र हुने बताइएका छन् । यस फिल्मको छायांकन मङ्सिर महिनाबाट शुरु गर्ने तयारी रहेको चर्चा छ ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button