अन्यसमाचार

प्रेम दिवसमा खाना महोत्सव -GoodNews24

Gobal IME Bank

चितवन । पर्यटकीय नगरी सौराहामा प्रेम दिवसको अवसर पारेर मङ्गलबारदेखि खाना महोत्सव हुने भएको छ । चौधौैँ सौराहा खाना महोत्सवको तयारी पूरा भएको छ । रेष्टुराँ एण्ड बार एशोसिएशन ९रेवान० सौराहाको आयोजनामा सिसुवार चौरमा महोत्सव हुँदैछ ।

महोत्सवमा ४० खानाका कक्ष रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय तथा विदेशी खानाको परिकारसँगै स्थानीय कला, संस्कृति, वेशभूषाको प्रदर्शन गरिनेछ ।

महोत्सवअन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडकमै रमाउने व्यवस्था मिलाइनेछ । सडक किनारमै खाने र सडकमा नै सांस्कृतिक कार्यक्रम अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुराँमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको महोत्सवका संयोजक धु्रव गिरीले जानकारी दिनुभयो । महोत्सवअन्तर्गत मेयरकप भलिबल प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डोरी तान्ने, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटकलगायत कार्यक्रम हुनेछन् ।

प्रेम दिवसको दिन महोत्सव प्रवेशका लागि काटिने टिकटबाट सङ्कलन भएको रकममध्ये ७५ प्रतिशत गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको सो महोत्सवको वाग्मती प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले उद्घाटन गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button