अन्यसमाचार

निमा बने विश्वको एघारौँ अग्लो हिमाल ग्यासरब्रम १ ‘के४’ आरोहण गर्ने विश्वकै कान्छा आरोही

Youngest to climb to Mt. Gasherbrum 1

Gobal IME Bank

काठमाडौं । संखुवासभाका विश्वकै कान्छा आरोही १७ वर्षिय निमा रिन्जी शेर्पाले मंगलबार पाकिस्तानी समय बिहान ५ बजे विश्वको एघारौँ अग्लो हिमाल ८,०८० मिटर अग्लो ग्यासरब्रम हिमालको आरोहण गर्न सफल भएका छन् । ग्यासरब्रम पाकिस्तान र चीनको सिमानामा अवस्थित विश्वको एघारौँ अग्लो हिमाल हो । यसलाई लुकेको शिखर (Hidden Peak) वा के४ को नामले पनि चिनिन्छ । यो सँगैं शेर्पा कम उमेरमा ग्यासरब्रम हिमाल के४ चढ्ने विश्वकै कान्छा आरोही बनेका छन् ।

निमा रिन्जीको बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही तथा सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, १४ पिक्स एक्सपिडिसनको सञ्चालक हुन् । निमालाई सानै उमेरदेखि टासीले व्यवसायिक आरोहण सम्बन्धि तालिम दिएका थिए । निमाको आफ्ना बुवा टासीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको सपना पुरा गर्ने र विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहण गर्ने योजना समेत रहेको छ । ग्यासरब्रम हिमाल ८ आठ हजार मिटर माथिको १४ वटा हिमाल मध्ये एक हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button