सफल कथासमाचार

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मोत्सव

Girija Prasad Koirala!

Gobal IME Bank

गिरिजाप्रसाद कोइराला यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनकालभरि कालो झण्डा र विरोधको सामना गर्नु परिरह्यो तर मृत्यु पश्चात उनले जति प्रशंसा र सम्मान सायदै अरु व्यक्तिलाई प्राप्त भयो होला । माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेको कारण कोइराला एशियाकै एक कुशल राजनेताको रूपमा स्थापित भए ।

सहमति, सहकार्य र एकताका हिमायती, निडर, निर्भीक तथा साहसिक पुरुष गिरिजाप्रसाद कोइरालाको नामलाई लोकतन्त्रकै पर्यायवाचीको रूपमा व्याख्या गर्दा अत्युक्ति नहोला जस्तो लाग्छ । आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित कोइरालाले आफ्नो विरोध गर्ने र कालो झण्डा देखाउने प्रवृत्तिलाई आफैंले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिको रूपमा लिएको कुरा ‘आफ्नै कुरा’ पुस्तकमा उल्लिखित छ।

नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई निडर र निर्भीक नेताका रूपमा चिनिन्छ । मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउन उनको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहासमा लेखिएको छ । सहमति, सहकार्य र एकताका सूत्रधार कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय नै विश्वकै एक ऐतिहासिक सफलता हो ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका  कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखि जन्मोत्सव मनाउदैछन् ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button