समाचार

प्रधानमन्त्रीको कालापानीमा बिदेशी फौज हटाउने दृढता

Gobal IME Bank

१ मंसिर, काठमाडौं । सिमा बिबादको बिषयमा चासो देखाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नुभएको छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले तथा सारा जनाताले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउनेमा ढुक्क रहन समेत सबैलाई अनुरोध गर्नुभएको छ ।नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउदै र छिटै नै गुमेको भुमि फिर्ता हुनेमा बिश्वस्त रहेको बताउनु भयो । उहाँले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण आफ्नो भूभाग मिचिएको तर सो भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताउनु भयो ।

साथै ‘अरुको जमिन पनि चाहिदैन र हामी आफ्नो भूमिको एक इन्च पनि कसैलाई मिच्न दिदैनौ तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्दै भारतलाई आग्रह गर्नुभएको छ । सरकार संवाद  गर्न नसक्ने अवस्थामा छैन र विदेशी फौज फिर्ता गराउछ । सीमा अहिले मिचिएको होइन तर यो विषयमा अहिले राष्ट्रिय एकता कायम गर्न हामी सफल भएका छौं ।’

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत सुनिन थालेको र राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढ्दै गएको बताउनु भयो । उहाँले केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा नरहेको बताउनु भयो । केही समय अघि भारतले जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेपछि नेपालमा भारतको विरोध भइरहेको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button