समाचारसूचना प्रविधि

तीन वर्ष भित्र देशभरनै बिद्युत पुराइने -कुलमान घिसिङ्गको योजना

Gobal IME Bank

Kulman Ghising, Nepal Electricity Authorityकाठमाडौं । तीन वर्ष भित्र देशभर विद्युत पुर्याउने योजना बनाइएको नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र प्राधिकरणले सहकार्य गरेमा उक्त लक्ष्य पुरा गर्न कुनै कठिनाइ नहुने कुराको दावि समेत गर्नुभएको छ । उक्त योजना परि पूर्ति गर्नको लागि इनर्जी ईफिसेन्सीको क्षेत्रमा जोड दिनु पर्ने कुरा कुलमान घिसिङ्गले बताउनु भयो ।

देशमा बिद्युत उत्पादन कम र माग बढि भएको कारण देशै भरि सो माग पुरा गर्न बैकल्पिक उर्जामा ध्यान दिनु पर्ने कुरा पनि उल्लेख गर्नु भयो  । विद्युतको माग र आपूर्तिलाई सहज बनाउन पनि इनर्जी ईफिसेन्सीमा जोड दिएको उल्लेख गर्दै प्रवन्ध निर्देशक घिसिङले पुर्वाधारको विकास गर्न बैंकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले पनि ध्यानाकर्षण गर्न जोड दिनु पर्ने बताउनुभयो ।

आईतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा घिसिङ्ले निजी क्षेत्रले पनि इनर्जी ईफिसेन्सीको क्षेत्रमा प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो ।प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन ईनर्जी ईफिसेन्सीको क्षेत्रमा काम गरिरहेको छ । बैकल्पिक उर्जामा दिइने अनुदान व्यक्तिगत भन्दा समुदायमा दिनुपर्ने तर्क घिसिङको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button