समाचारसूचना प्रविधि

कुन ठाउँमा वायु प्रदूषणको मात्रा कति ? गुगल म्यापबाट थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । गुगल म्यापको माध्यमबाट कुन ठाउँमा आगलागी भएको छ र कुन ठाउँमा वायु प्रदूषणको मात्रा कति छ भन्ने कुरा हेर्न सकिन्छ । यो फिचर २०२२ मा सार्वजनिक भएपनि गुगलले संसारभरका देशहरुको डेटा राख्न सकेको छैन ।

गुगलले २०२२ जुन ९ मा अमेरिकाबाट वायु प्रदूषणको डेटा राख्न सुरु गरेको थियो । हालसम्म कति देशको डेटा समावेश गरिएको छ भन्नेबारे कम्पनीले जानकारी दिएको छैन । यद्यपि वायु प्रदूषणको मात्रा छिमेकी राष्ट्र भारतमा देखाउन थालिसकेको छ । नेपालमा पनि यो सेवा चाँडै सार्वजनिक हुने अनुमान छ । यो एन्ड्रोइड र आइओएस दुबैमा प्रयोग गर्न सकिन्छ ।

गुगल म्यापमा कसरी हेर्ने आफ्नो क्षेत्रको वायु प्रदूषणको डाटा ?

गुगल म्यापमा हालसम्म नेपालको वायु प्रदूषण डाटा समावेश गरिएको छैन । यद्यपि उक्त एप प्रयोग गरेर अरु देशको कुन ठाउँमा कति प्रदूषण छ भनेर सकिन्छ । त्यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्ः

सबैभन्दा पहिले गुगल म्याप्सको एप खोल्नुहोस् । त्यसपछि गुगल म्यापको होमपेजको माथि दायाँपट्टि रहेको लेयरको आइकनमा क्लिक गर्नुहोस् ।

लेयरमा विभिन्न अप्सन जस्तै ट्राफिक, पब्लिक ट्रान्सपोर्ट , स्ट्रिट भिउ जस्ता अप्सन देख्न सक्नु हुन्छ यसमा पाचौँ अप्सनमा एयर क्वालिटि भनेर देखाउछ भने छैटौ अप्सनमा बुस फायर भनेर पनि देखाउछ जसमा क्लिक गर्दा कुन ठाँउको वायु प्रदुषण कति छ भनेर सबै डाटा उपलब्ध हुन्छ ।

यति गरेपछि वायु प्रदूषणको डेटा राखेको ठाउँको गुणस्तर हेर्न सकिन्छ ।

यसमा विभिन्न कलर कोड र इन्डेक्सको मार्फत वायु प्रदूषणको अवस्था देखाउछ, जहाँ गाढा रातोले खतरनाक, रातोले अस्वस्थ्य, सुन्तला रङले अस्वस्थ, पहेँलो रङले संवेदनशील समुहका लागि अस्वस्थ, हरियो रङले मध्यम र गाढा हरियो रङले स्वस्थ वायु भएको सङ्केत गर्छ । यी रङहरुको लागि छुट्टै रेन्ज तयार पारिएको छ ।

आधिकारिक सरकारी कार्यलयले गुगललाई वायु प्रदूषणको डाटा प्रदान गर्छ र यसकै आधारमा गुगल म्यापमा यस्तो डाटा देखिन्छ । यसमा वायुमा भएको कार्बन मोनोअक्ससाइड, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड आदिको प्रदूषणको अवस्था पहिचान हुने कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै वायु प्रदूषणको अवस्था थाहा पाएजस्तै कुन ठाउँमा आगलागी भएको छ भन्ने पनि सहजै थाहा पाउन सकिन्छ । आगलागी भएको ठाउँको बारेमा जान्न
गुगल म्यापमा गएर लेयरमा गई बुस फायर अप्सनका क्लिक गर्दा संसारको कुन कुन ठाउँको वनमा आगो लागेको छ भन्ने थाहा पाउन सक्नुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button