मुख्य समाचारसमाचार

ओलीले मनाए ७१ औं जन्मदिन, पढ्नुहोस् ओलीको यो आर्काइभ कविता ‘खर्पन’

Gobal IME Bank

काठमाडौं । आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन हो । आज उहाँले आफ्नो ७१ औं जन्मदिन मनाउनुभएको छ । बिहीबार बालकोटस्थित उहाँको निवासमा पुगेर उहाँका शुभेच्छुकहरूले शुभकामना दिएका छन् ।

म यही खर्पनमा हालेर हरदिन बेलुका
वितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हरदिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरू भएर यो खर्पन आएको छ, अथवा
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई ।

यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ ।
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।

मेरो जीवनको दियो जलाउने बाती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरूसँगको ‘जी’ ‘हजुर’ ‘तँ’ ‘तँ’ ‘म’ ‘म’ सबै सम्बन्धहरू हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे भने पनि हुन्छ खर्पन ।

(पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा लिखित यो कविता डा. विजय सुब्बाको फेसबुक वालबाट साभार गरिएको हो । डा. सुब्बाले – ‘यो कविता उहिले चालिसको दशकको मध्यतिरको कविता होला ।’ भनेर भन्नुभएको छ ।
)

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button