गुड न्यूज 24बैंक/बित्तमुख्य समाचारसमाचार

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडद्वारा रक्तदान कार्यक्रम आयोजना

Blood Donation

Gobal IME Bank

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ ।कम्पनीले शुक्रबार बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौँमा उक्त कार्यक्रम गरिरहेको छ । वर्तमान अवस्थामा रगतको अभाव भएको कारण कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

५० देखि ७० जनाले रक्तदान गर्ने अनुमान गरिएको कम्पनीले बताएको छ । साथै, कम्पनीले रक्तदान गर्न इच्छुक सबैलाई सहभागिताको लागि अपिलसमेत गरेको छ । रक्तदान १८ वर्ष पुरा भई ६० वर्ष ननाघेका, शारीरिक तौल ४५ किलोग्रामभन्दा माथि भएका व्यक्तिले रक्तदा गर्नसक्ने प्रावधान रहेको छ ।त्यसैगरी, जटिल खालका रोग लागेका तथा औषधी सेवन गरिरहेका, असुरक्षित यौन व्यवहार तथा लागुु पदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिले भने रक्तदान गर्न नमिल्ने व्यवस्था छ ।रक्तदान गर्दा थोरै कम भएको रगत शरीरमा साधारण प्रक्रियाले स्वतः आपूर्ति हुने र विशेष ध्यान वा खानाको आवश्यकता नपर्ने डाक्टरहरु बताएका छन् ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button