मुख्य समाचारसमाचारसूचना प्रविधि

पचास हजार वर्षपछि आकाशमा लाम पुछ्रे तारा देखिँदै

Gobal IME Bank

काठमाडौँ । आकाशमा ५० हजार वर्षपछि ध्रुव तारा अथवा लाम पुछ्रे तारा देखिँदैछ । खगोलविद्हरुले क्यालिफोर्नियाको स्यान डिएगो काउन्टि मा रहेको पालोमर वेधशाला को ज्वीकी ट्रान्सियन्ट फ्यासिलिटिको वाइड लेन्थ क्यामेराबाट ताराबारे २०२२ मार्च २ मा पत्ता लगाएका थिए ।

जनवरी १२ मा ध्रुव तारा सुर्यको नजिक जाने कुरा नासाले बताएको थियो । यो तारा सौर्य मण्डलको बाहिरी क्षेत्रमा लामो यात्रा गर्ने कारणले गर्दा पृथ्वीमा देखिन लामो समय लागेको हो । यो ताराको वैज्ञानिक नाम C \2022 E3 ( ZTF) राखिएको जानकारी द प्लानेटरी सोसाइटिले दिएको छ ।

यो बर्फिलो आकाशीय वस्तु जसलाई हामी लाम पुछ्रे ताराको रुपमा चिन्छौ सुर्य नजिक जादै गर्दा स्थिर रुपमा उज्यालो भई रहेको छ । यो तारा फेब्रुअरी १ र २ गते पृथ्वी नजिक हुँदै जाने छ । अर्थ स्काईले बताए अनुसार यो तारा पृथ्वीको ४५ मिलियन किलोमिटर नजिक आउने छ ।

यो तारालाई रात्रिको समयमा आकाशमा टेलिस्कोपको प्रयोग गरी हेर्न सकिन्छ । जनवरीको अन्तिम सम्ममा यदि ध्रुव ताराको उज्यालोपन बढ्दै गयो भने टेलिस्कोप बिना पनि तारालाई देख्न सक्ने सम्भावना रहेको छ ।

५०,००० वर्ष पछि देखिएको यो तारा हरियो रंगको हुन्छ त्यसैले यसलाई अंग्रजीमा ग्रिन कमेट स्टार भनिएको हो । यो तारले वायुमण्डलमा सुन्दर वातावरणको विकास गर्छ । सुर्य नजिक हुँदै गर्दा यो ताराको बर्फिलो केन्द्र सुर्यको तापको कारणले गर्दा ग्यासमा परिवर्तन हुन्छ । यसकारणले गर्दा ताराको वरिपरी धुलोको बादल बन्छ सौयैमण्डलको हावा र रेडियसनले बादललाई धकेल्छ जसको कारण ताराको वरिपरी पुच्छर जस्तो आकार बन्छ ।

तारा र सौर्यमण्डलबारे रुचि भएको व्यक्तिहरुको लागि यो तारलाई हेर्ने मौका जीवनकालमा एक पटक पाइने मौका हो त्यसैले धेरै वैज्ञानिक र खगोलविद् यसबारे निकै उत्सुक छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button