मुख्य समाचारसमाचार

गृहको विज्ञप्तिबारे सदनको ध्यानाकर्षण

Gobal IME Bank

काठमाडौँ । प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।”

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उहाँले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गर्नुभयो ।

सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धादिङका चेपाङ समुदायलाई परेको अप्ठेराबारे सदनको ध्यानाकर्षण गराउदै स्वदेशी उद्योग प्रवद्र्धन गर्न सरकारको ध्यान जाओस् भन्नुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button