शिक्षा स्वास्थसमाचार

स्वास्थ्यचौकीलाई जग्गा दान – GoodNews24

Gobal IME Bank

म्याग्दी। धौलागिरि गाउँपालिका–७ ताकमका रेशमबहादुर थापाले ताकम स्वास्थ्यचौकीलाई चार रोपनी दुई आना जग्गा दान गर्नुभएको हो ।
स्वास्थ्यचौकी भवनसँगै रहेको रु १२ लाख बराबरको जग्गा थापाले उपलब्ध गराउनुभएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिनुभयो । यसअघि ताकम स्वास्थ्यचौकीसित छ रोपनी जग्गा थियो । जग्गा उपलब्ध भएपछि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्यया क्षमताको अस्पताल बनाउन सजिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्तरोन्नति बनाउने स्वास्थ्य सस्थामा सो चौकी समावेश भएको छ ।
भवन निर्माण प्रक्रिया अघि बढाउन पहिलो चरणमा मापदण्डअनुसारको जग्गा व्यवस्थापन गरिएको वडाध्यक्ष सुवेदी जानकारी दिनुभयो । अस्पताल निर्माण भएपछि विकट क्षेत्रका बासिन्दाले सहज तथा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने भएकाले निःशुल्क जग्गा उपलब्ध गराएको जग्गादाता थापाले बताउनुभयो ।

यसैगरी धौलागिरि गाउँपालिकाको केन्द्र रहेको मुनामा पनि स्वास्थ्यचौकी भवन निर्माणको प्रक्रिया थालिएको छ । उक्त भवनको लागत रु ९४ लाख रहेको छ । भवन निर्माण गर्न ठेक्का प्रस्ताव आह्वान गरिएको गाउँपालिकाका इञ्जिनीयर सोविन जिसीले जानकारी दिनुभयो ।

GudNews24 निरन्तर सकारात्मक सन्देश…

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”3399″] [irp posts=”5398″] [irp posts=”5305″] [irp posts=”5645″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button