मनोरञ्जनमुख्य समाचारसमाचार

सकम्बरी: प्रकाश शपुतले माफी मागेपछि गीतको भ्युज ह्वात्तै बढ्यो, युट्युबमा २६ मिलियन भिउज

Gobal IME Bank

काठमाडौं । गायक तथा सर्जक प्रकाश शपुतको गीत ‘सकम्बरी’ ले युट्युबमा हालसम्म २६ मिलियन भिउज पाएको छ । गीत रिलिज भएको आज २८ औं दिन भएको छ ।

सामाजिक विषयवस्तुमा आधारित गीत तथा म्युजिक भिडियो बनाउने सर्जक प्रकाश शपुतले यस ‘सकम्बरी’ गीतका लागि केही भनाइहरु पनि सहनुपरेको थियो । नारी चरित्रमाथी नकारात्मक धारणा ल्याउने खालका गीत भएको भन्दै उनको आलोचना पनि भएको थियो । रात्रिकालीन व्यवसायी संघले विज्ञप्ति नै जारी गर्दै सपुतलाई उक्त गीत हटाउन र नहटाए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको थियो ।

पछि फेसबुकमा लामो स्टाटस लेख्दै सपुतले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका पनि थिए । यद्यपी गीतले अहिलेसम्म राम्रो कमाइ गरेको छ भन्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button