गुड न्यूज 24समाचार

बिहानीमा अपनाउनु पर्ने ८ लाभदायक बानीहरु, आजैबाट फलो गर्नुहोस्

Gobal IME Bank

एजेन्सी । हरेक एउटा नयाँ दिनले आफैमा नयाँ अवसरको सृजना पनि गरेको हुन्छ । तशर्थ आफ्नो नयाँ दिनको शुरुवात हामी सबै राम्रोसंग भएको नै रुचाउँछौ । तर बिहानीको समयमा ठ्याक्कै के के गर्दा दिनभरिको मुडलाई नै पोजिटिभ राख्न सकिन्छ भन्ने कुराहरुमा धेरैलाई कन्फ्युजन हुन सक्छ । यहाँ केही उपायहरु दिइएको छ, जुन कुराहरु तपाईहरुले फलो गर्नुभयो भने लाभदायक हुन सक्छ ।

१. बिहान चाँडै उठ्ने
बिहान चाँडै उठ्ने व्यक्तिहरुले धेरै कुराहरुको फाइदा उठाई रहेका हुन्छन् । बिहान चाँडै उठ्दा शान्त र फुर्सदमा बिहानको काम गर्न सकिन्छ । बिहानको समयमा शान्त वातावरणमा आफ्नो काम आराम साथमा गर्न सकिन्छ । चाँडै उठेर मर्निङ वल्क वा विभिन्न व्यायाम गरि आफ्नो स्वास्थ्यको ख्याल राख्न सकिन्छ ।

२. उठ्ने बित्तिक्कै सकारात्मक कुराको बारेमा सोच्ने र हाँस्ने
वैज्ञानिकहरुले बताए अनुसार हाँस्दा हाम्रो शरीरमा राम्रो महसुस हुने न्यूरो ट्रान्समिटर डोपामाइन र इन्ड्रोफिन रिलिज हुन्छ जसको मतलब बिहान उठ्ने बित्तिक्कै हाँस्दै दिनको सुरुवात गर्दा राम्रो मुडको साथमा हुन्छ । हामी हाँस्दा हाम्रो शरीरमा सेरोटोनिन हार्मोन रिलिज हुन्छ । हाँस्दा हाम्रो शरीरमा प्रतिरक्षा प्रणालिलाई बलियो बनाउछ । हाँस्न मन नलागे पनि जबर जस्ती हाँस्ने किनभने  जबरजस्ती हाँसेको हाँसोले पनि हाम्रो शरीरमा फाइदा दिन्छ ।

३. आफ्नो बेड मिलाउने
उठ्ने बित्तिक्कै आफ्नो बेड मिलाउने ‘द ह्यापिनेस प्रोजेक्ट’ किताबको लेखक ग्रेचेन रुबिनले भनेका छन् कि खुसी हुनको लागि साधारण तरिका बिहान उठ्ने बित्तिक्कै आफ्नो बेड मिलाउनु हो ।
यु एस स्पेसल अपरेसन कमान्डरको नवौ कमान्डर नौसेना विलियम मेक्रेवन पनि भनेका छन् कि यदि हामीले हरेक दिन उठ्ने बित्तिक्कै बेड मिलायौ भने हामीले पहिलो काम पुरा गर्छौ यसले हामी थोरै गर्व महसुस गर्छौ र हामीलाई अरु काम पनि पुरा गर्नको लागि प्रोत्साहन मिल्छ । दिनको अन्त्यमा हाम्रो सबै काम पुरा हुन्छ । बेड मिलाउनाले सानो सानो कुरा पनि महत्वपुर्ण हुन्छ भन्ने संदेश प्राप्त हुन्छ । उनले भनेका छन् कि “ संसार बदल्नु छ भने सुरुवात आफ्नो बेडबाट गर ” ।

४. दाँत माझ्ने तर जिब्रो स्क्रयाप गर्ने
हामी प्राय सबैले ब्रेकफास्ट खाए पछि मात्र दाँत माझ्नु पर्छ भनेर सिकेका छौ तर दाँत उठ्ने बित्तिक्कै माझ्दा राम्रो हुन्छ । प्लेक जुन एक किसिमको ब्याक्टेरीया हो हामी सुति राख्दा हाम्रो दाँतमा बनेको हुन्छ । उठ्ने बित्तिक्कै हामीले ब्रस गरेर यो प्लेक हटाउनु पर्छ । दाँत माझ्दा फ्लोराइड प्रोटेक्टिभ लेयरले हाम्रो दाँतलाई ब्रेकफास्ट गर्दा मुखमा हुने चिनि र एसिडबाटद बचाउछ ।
हामीले हाम्रो जिब्रोलाई पनि स्क्र्याप गर्ने गनुृ पर्छ । हाम्रो जिब्रोमा मुकस जमेको हुन्छ रात भरि सुत्दा र धेरै मान्छेहरुको बिहान उठ्ने बित्तिक्कै सास गनाउने गर्छ र हाम्रो टेस्ट बडलाई पनि कभर गरेको हुन्छ । जिब्रो स्क्रयाप गर्दा सास फ्रेस हुन्छ र खाना पनि हामीले राम्रो सँग स्वाद गर्न सक्छौ । ब्रेकफास्ट गरिसके पछि माउथवसले मुख कुल्ला गर्ने ।

५. मनतातो पानीमा कागती मिसाएर पिउने
दाँत माझिसके पछि मनतातो पानीमा कागती आधा को रस मिसाएर पिउने । यसरी पानी पिउँदा कलेजो र मृगौला सफा हुन्छ र कागतीमा पर्याप्त मात्रामा भिटामिन सी हुन्छ जसको कारणले गर्दा चिसो लाग्ने सम्भावना कम हुन्छ । कागतीमा एन्टिअक्सिडेन्ट प्रोपर्टि हुन्छ जसले रेडिकल ड्यामेज कम गर्छ र हाम्रो स्किनलाई स्वस्थ राख्छ । दाँतको इनामेललाई सुरक्षा गर्नको लागि स्ट्रको प्रयोग गर्ने ।

६. स्ट्रेचिङ रुटिन गर्ने
बिहान उठेर शरीर स्ट्रेचिङ गर्ने बानी बसाल्दा हाम्रो मांसपेशीहरु लुज हुन्छ र मांसपेशीमा रक्त संचार हुने गर्छ । केही योगा अभ्यास गर्दा पनि हाम्रो हाम्रो शरीर र मस्तिष्क पुरै दिनको लागि तयार हुन्छ ।

७. मेडिटेट गर्ने
मेडिटेट गरेर आफ्नो दिनको सुरुवात स्थिर रुपमा गर्ने  बानी बसाल्दा फाइदाजनक हुन्छ । मेडिटेट गर्दा हाम्रो ध्यान केन्द्रित र तनाव कम हुन्छ र भावनात्मक स्थिरता पनि मिल्छ । हरेक बिहान ३ मिनेट आफ्नो श्वासप्रश्वासमा फोकस गरेर मेडिटेट गर्न सकिन्छ । आफुलाई सहज महसुस हुने पोजिसनमा बस्ने, आँखा बन्द गरेर आफ्नो सासमा फोकस गर्ने र ४,५ पटक लामो सास भित्र तान्नेर र फ्याल्ने गर्ने ।

८. स्वस्थ ब्रेकफास्ट खाने बानी बसाल्ने
बिहानको ब्रेकफास्ट सबै भन्दा महत्वपुर्ण खाना हो । स्वस्थ ब्रेकफास्टमा प्रोटिन, अन्न र स्वस्थ फ्याट हुनु पर्छ । यसरी स्वस्थ ब्रेकफास्ट खाँदा कम भोक लाग्छ, राम्रो फोकस र एकाग्रता र उर्जा मिल्छ ।

हाम्रो हरेक बिहानीको शुरुवात कसरी भयो भन्ने कुराले हाम्रो पुरा दिनको निर्धारण गरिरहेको हुन्छ । त्यसैले आफ्ना दिनलाई सुन्दर बनाउनु छ भने आजै यी बानीहरु बसाल्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button