मुख्य समाचारसमाचार

हमासको आक्रमणमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेस सरकारले पाँच लाख रुपैयाँ दिने

Israel

Gobal IME Bank

जनकपुरधाम। मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरूप दिने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट उक्त राहत प्रदान गरिने जानकारी दिए ।

मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्यको सङ्ज्ञा दिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button