शिक्षा स्वास्थसमाचार

सन्तुलित आहारमा समावेश गर्नुपर्ने ५ पौष्टिक तत्वहरू

Healthy Diets !

Gobal IME Bank

मानव शरीरको लागि सन्तुलित आहार अति आवश्य हुन्छ । हामीले जति सन्तुलित खाना खान्छौं, त्यति नै शरीरले उर्जा प्राप्त गर्छ र शरीर स्वास्थ्य रहन्छ । सन्तुलित खानाले हामीलाई विभिन्न रोगको जोखिमबाट बचाउँछ । खानामा पौष्टिक तत्वहरु मिलाएर खान जानिएन भने यसले हाम्रो स्वास्थ्यमा बेफाइदा गर्छ ।

पेट फुल्ने वा पेटमा गडबडी भएर पखाला लाग्ने जस्ता समस्याहरु आउन सक्छ ।यस्ता रोगबाट बच्नका लागि हामीले खाने खानामा विभिन्न पौष्टिक तत्वहरु समावेश गर्नुपर्छ ।

१) पानी
पानी हाम्रो शरीरको लागि सबै भन्दा महत्वपुर्ण तत्व हो । गर्मीमा हाइड्रेट रहन पानी हाम्रो शरीरको लागि एकदम जरुरी हुन्छ । डिहाइड्रेसनका कारण हाम्रो शरीरमा स्वास्थ्यसँग सम्बन्धित समस्या जस्तै टाउको दुख्ने, कमजोरी महसुस हुने र रिङ्गटा लाग्ने समस्या आउन सकछ । पर्याप्त मात्रामा पानी पिउँदा विभिन्न स्वास्थ्य समस्याबाट छुटकारा मिल्छ साथै छालाको स्वास्थ्य पनि राम्रो हुन्छ । दिनमा ३ देखि ४ लिटर पानी पिउँदा हाम्रो शरीरको लागि लाभदायक हुन्छ ।

२) प्रोटिन
शरीरमा पर्याप्त उर्जा प्राप्त गर्नका लागि प्रोटिनको सेवन धेरै गर्नु जरुरी हुन्छ । फलफुल र दालहरुबाट पर्याप्त प्रोटिन प्राप्त गर्न सकिन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो पनि बनाउँछ ।

३)  भिटामिन ‘सी’

भिटामिन ‘सी’ ले छाला र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्नमा ठूलो भूमिका खेल्छ । गर्मी र घाममा मानिसको छालाले परा बैगनी किरणको सामना गर्नुपर्ने हुन्छ । भिटामिन ‘सी’ले शक्तिशाली एन्टीअक्सिडेन्टका रुपमा काम गर्छ जसले छालालाई नोक्सान हुनबाट बचाउँछ । स्ट्रेबेरी, आलु, कागती, किवी र सिट्रस फ्रुटहरु भिटामिस सि का मुख्य स्रोत हुन् ।

४) पोटासियम

गर्मीमा हाम्रो शरिरमा पसिना आउछ जसको कारण हाम्रो शरीरमा पोटासियमको कमी हुन्छ । यसकारणले गर्दा शरीरमा थकान र कमजोरी महसुस हुन्छ । पोटासियमको कमी पूरा गर्नको लागि केरा, गेडागुडी, ब्रोकाउली, एभोकाडो, दाल र सुकेको फल किसमिस खानामा समावेश गरेर खाँदा शरीरको लागि लाभदायक हुन्छ ।

५) म्याग्नेसियम
म्याग्नेसियमले मांशपेशी र स्नायुलाई स्वस्थ राख्न र उचित कार्य गर्नका मद्दत गर्छ त्यसैले यो भिटामिन तत्व हाम्रो शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो । यसले शरीरमा तरल पदार्थको सही सन्तुलन कायम राख्न आवश्यक इलेक्ट्रोलाइटको रुपमा काम गर्दछ ।

-Rabina Mangranti

 

अरू पनि पढ्नुहोस्:

वैज्ञानिक भन्छन् अन्डा शाकाहारी नै हो

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button