Grace Computer Jawalakhel
अन्यगुड न्यूज 24समाचार

स्वस्थ्य रहन – पानी पिउने तरिका

water in nepaliपानी सामान्य रूपमा मानिसको शरीरमा ६०-७० प्रतिशत हुन्छ। पानीमा भएको O-calorie ले शरीरमा हुने नराम्रो विषालु कुरालार्इ शरीरबाट बाहिर निकाल्ने काम गर्दछ। मानव शरीरको भित्री अङ्ग मिर्गाैला, कलेजो, फोक्सो र पाचन प्रणालीसङ्ग मिलेर पानीले मानव जिवनकोलार्इ स्वस्थ बनाउने काम गरेको हुन्छ। पानीको सबैभन्दा ठुलो काम भनेको शरीरमा भएको कोषहरूलार्इ जीवित राख्नु हो । त्यसैले मानव जीवनमा पानीको महत्व धेरै नै  छ।

पानीको कमी हुदा मानव शरीरको स्वास्थ्यलार्इ दिनप्रतिदिन अस्वस्थ बनाइरहेको हुन्छ। पानीको कमीले अनुहारको सफापन देखिदैन् । पिसाब पोल्ने र पिसाब पहेँलो अाउने गर्छ,अनि पिसाब गर्न पनि गाह्रो अनुभव हुन्छ। खाएको खानेकुरा पनि पचाउन नसकेको अनुभव हुन्छ।

एक दिनमा मानव शरीरबाट दिसा, पिसाब, पसिना र श्वासप्रश्वासको माध्यमबाट २ लिटर पानी बाहिर निस्कन्छ। त्यसैले दिनमा २.५ देखि ३ लिटरसम्म पानी पिउने गर्नुपर्छ। बिहान उठेर पानी एक दुर्इ गिलास पिउनाले शरीरमा एक प्रकारको स्फुर्ति अाउछ,जसले दिनको सुरूवात अति नै रमाइलो बनाइदिन्छ।

तर पानी पिउने तरिका नमिल्दा  शरीरको स्वास्थ्यलार्इ झन उल्टो नराम्रो असर पार्छ। जस्तैः
१) जोर्नी दुख्छ,
२) चक्कर लाग्छ,
३) ताैलमा समस्या हुन्छ,
४) पाचन प्रक्रियामा समस्या हुन्छ,
५) पिसाब छिटो छिटो लाग्छ,
६) सोच्न सक्ने क्षमतामा कमी हुन्छ,
७) बिरामी धेरै हुन्छ।

पानी पिउने तरिकाः 
१)  बिहान उठेर १ कि २ गिलास पानी पिउने,
२) पानी पिउने अन्तर ३० देखि ४५ मिनेटको हुनुपर्छ,
३) पानी गिलासमा वा मुख लगाएर पिउने गर्नुपर्छ,
४) केरा, खरभुजा, अनार, सुन्तला जस्ता फलफुल खाएपछि पानी केही समय नखाने,
५) खाना खानु अघि ३,४ घुट्की पानी पिउन सकिन्छ,तर धेरै पिउनु हुदैन,
६) खाना खाने बितिकै पानी पिउनु पनि ठिक मानिदैन्,
७) चिया, कफि, सुप जस्ता तातो खानेकुरा खाएपछि पानी पिउनु पनि ठिक मानिदैन्,
८) पानीलार्इ  उमालेर खादा राम्रो हुन्छ,
९) दिनमा २.५ देखि लिएर ३ लिटरसम्म पिउनु पर्छ।

 

पानीको सही मात्रा मिलाएर पिउने गर्नाले आफ्नो शरीरलाई फाईदा गर्छ । आफ्नो शरीरको वास्ता गर्नेले मात्र जीवनलाई सफल बनाउन सक्छ । सानो सानो बानीहरुले श्वास्थलाई सही दिशा तिर लान सकिन्छ ।

 

गुड न्यूज डटकम डट एनपी
goodnews.com.np

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button