Grace Computer Jawalakhel
मुख्य समाचारशिक्षा स्वास्थसमाचार

उचाई बढाउन कुन भिटामिन युक्त खाना सेवन गर्ने ? थाहा पाउनुहोस्

एजेन्सी । आकर्षक व्यक्तित्वका लागि उचाइको पनि भूमिका हुने गर्छ । उचाई कतिपय अवस्थामा आनुवंशिक कारणमा निर्भर हुन्छ। तर, यदि ठीक ढंगले आफ्नो खानामा भिटामिन र खनिज समावेश गर्नुहुन्छ भने हड्डी मजबूत मात्र नभई उचाई पनि बढ्नका लागि मद्दत मिल्छ । कुनै कारणले गर्दा उचाई कम छ भने यी भिटामिनको सेवनबाट उचाई बढाउन मद्दत मिल्छ ।

भिटामिन डी
हड्डीलाई मजबूत बनाउन र उचाई बढाउन भिटामिन डीको महत्वपूर्ण भूमिका हुन्छ। यदि शरीरमा भिटामिन डी को कमी भयो भने हड्डी पनि कमजोर हुने गर्छ। सूर्यको किरण बाहेक भिटामिन डी दूध, गोलभेडा, रसिलो फलफूल, आलु, काउली आदिबाट प्राप्त हुन्छ। यी खानाको सेवनले उचाई बढाउन मद्दत मिल्छ । भिटामिन डी ले उचाई बढाउन फस्फोरस र क्याल्सियमलाई लिएर शरीरको हड्डी मजबूत पार्न सहयोग गर्छन्।

भिटामिन ए
हाम्रो शरीरको अंगहरुले उचित रुपमा कार्य गर्नका लागि भिटामिन ए भएको खाना खानु जरुरी हुन्छ। यसले हड्डी र शरीरलाई फाइदा हुन्छ। भिटामिन ए को सेवनबाट आँखाको ज्योति पनि बढ्छ र छालामा निखारता ल्याउन मद्दत गर्छ। पालुंगो, चुकन्दर, गाँजर, कुखुराको मासु, दूध, बटर, गोलभेडामा भिटामीन ए प्रशस्त मात्रामा पाइन्छ ।

भिटामिन बि १
शरीरको विकासका लागि भिटामिन बि १ लाभदायक हुन्छ। यसले पाचन प्रक्रियालाई सुचारु गर्छ र मुटु र स्नायु प्रणालीलाई पनि ठीक ढंगले चलाउन मद्दत गर्छ। यसका साथै यसले शरीरमा रगतको आपूर्ति सही रुपमा गराउछ। भिटामिन बि १ को मुख्य स्रोत चामल, बदाम, सोयाबिन आदि हुन्।

भिटामिन बि २
भिटामिन बि २ लाई राइबोफ्लेबिन पनि भनिन्छ। यो भिटामीन उचाई बढाउन अत्यन्त जरुरी हुन्छ। यसले हड्डी, छाला, कपाल र नङकोवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। अण्डा, माछा तथा हरिया पात भएका खाद्यपदार्थमा यो भिटामिनको स्रोत हो ।

भिटामिन सि
भिटामिन सिलाई एस्कर्बिक एसिड पनि भनिन्छ। यसले हड्डी र दाँतलाई मजबूत बनाउछ। यो एक प्रकारको एन्टिअक्सिडेन्ट हो र यसले रोग लाग्नबाट बचाउछ। सानो उमेरमा भिटामिन सि भएको खाना खानाले उचाई वृद्धिमा मद्दत मिल्छ। भिटामिन सिको मुख्य स्रोत गोलभेडा, आलु एवं रसिला फलफूल हुन्।

प्रोटीन
प्रोटीनयुक्त खाद्यपदार्थले शरीरलाई स्वस्थ बनाउनुका साथै उचाई पनि बढाउँछ। यसले शरीरका कोशिकाहरुलाई मर्मत गरी उनीहरुको निर्माणमा मद्दत गर्छ। प्रोटिनमा एमिनो एसिड पाइन्छ, जसले शरीरको सही वृद्धि र उचित रुपमा कार्य गर्ने क्षमता प्राप्त हुन्छ। माछा, दूध, चिज, बदाम, दाल र चिकेनमा प्रोटीन मात्रामा पाइन्छ।

क्याल्सियम र मिनरल्स
हड्डी मजबूत बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। दूध, चिज, दही, अण्डा आदि क्याल्सियमका मुख्य स्रोत हुन्, त्यसैले उचाई बढाउन यी खाद्यपदार्थको सेवन गर्नु लाभदायक हुन्छ। पालुंगो, ब्रोकाउली, बन्दा, गाजर, दाल, बदाम, केरा, अंगुर आदि खाद्यपदार्थमा क्याल्सियम र मिनरल्स पाइन्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button