Grace Computer Jawalakhel
गुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थ

तपाइको प्रेम ‘साँचो’ वा ‘झुटो’ थाहा पाउने उपायहरू – GoodNews24

के तपाइँ जान्न चाहनुहुन्छ कि तपाइको माया साँचो यो या झुटो ? तपाइको पार्टनरले तपाइँसंग टाइम पास गरिरहेको छ या साँच्चै नै प्रेम गरेको छ ? कसैको मन बुझ्नलाई त्यति सजिलो हुन्न तर पनि व्यक्तिले गर्ने व्यवहार उसका बानीबेहोराबाट मायाँ साँचो हो या होइन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यहाँ हामी ४० वर्ष देखि रिलेसनाशिप लभ र जोडिहरुका बारेमा रिसर्च गर्दै आएका अवार्ड विनिंग चर्चित मनोबैज्ञानिक जोन गोफ़्टम्यानको रिसर्चमा आधारित केहि बुंदाहरुको बारेमा चर्चा गर्ने छौ । उनै मनोबैज्ञानिकका अनुसार यी विभिन्न व्यवहारबाट कसैको माया साचो हो या होइन पत्ता लगाउन सकिन्छ ।

१ । काम पर्दा मात्र सम्झिन्छन् ।
जो व्यक्तिले तपाइलाइ साचो प्रेम गरिरहेको छैन उसले काम पर्दा मात्र तपाईलाई याद गर्छ । अरु बेला आफ्नै दुनियाँमा हराइ रहेका हुन्छन अर्थात फोन गर्नमा प्रेम व्यक्त गर्नमा तपाइँ नै पहिला हुनुहुन्छ र यो कुरा सधै दोहोरि रहन्छ भने यतिबेला तपाइले सोच्नु आवश्यक हुन्छ कि उक्त व्यक्तिले तपाइलाइ टाइम पास को रुपमा लिइरहेको छ । बैज्ञानिक रुपमा भन्नु पर्दा जव प्रेम हुन्छ तव तपाइको दिमागमा डोपोमिन नामक रसायन रिलिज हुन्छ जसले असिमित खुशी दिन्छ जुन खुशी अरु कुनै चिजले दिनै सक्दैन । जसको कारण जव तपाइलाई प्रेम हुन्छ तव उक्त रसायनले तपाइलाइ आफ्नो प्रेमी प्रेमिकासंग कुरा गरि रहन प्रेरित गर्छ साथै उसको साथ लामो समय बिताउन मन लाग्छ किनकि उ मार्फत तपाइलाइ सबै भन्दा धेरै खुशी मिल्छ । जसले तपाईलाई प्रेम नै गरेको छैन, उसलाई यी कुराहरु महशुस नै हुदैन । यस्तो प्रमि वा प्रेमिकाले तपाइलाइ बीचबाटोमा धोका दिएर छोडीदिन्छ ।

२ । शारीरिक सम्बन्धकोलागि मात्र।
जो टाइम पास या आफ्नो स्वार्थको लागि तपाइको नजिक भइ रहेका हुन्छन । उनीहरु शारीरिक सम्बन्धमा बढि जोड दिन्छन । अब यसको मतलव यो होइन कि सम्बन्धमा फिजिकल रिलेसनशिप हुनु नै हुँदैन । यदि तपाइँ शारीरिक सम्बन्धको लागि तयार हुनुहुन्छ, साचो प्रेम गर्नुहुन्छ र सम्बन्धलाई अझै उचाइमा पुर्याउन चाहनुहुन्छ भने त्यो तपाइको मर्जी हो तर जो धोका दिनेहरु हुन्छन ।  उनीहरुलाई तपाइको याद तव मात्र आउँछ जव उनीहरुलाई शारीरिक सम्बन्धको चाहना हुन्छ ।  जव आफ्नो आवश्यकता पुरा हुन्छ तव उनीहरु आफ्नो बाटो लागि हाल्छन अनि तपाइको वास्ता समेत गर्दैनन् ।

शारीरिक सम्बन्ध दुवैको मर्जीले भएको छ भने ठिक छ तर तपाईलाई मानसिक या शारीरिक रुपमा दवाव दिएर या झुक्क्याएर अप्ठेरोमा पारेर सम्बन्धको लागि तयार बनाइएको छ भने यो गलत हो र यसलाई प्रेम भनिदैन । यदि तपाइँसंग पनि यस्तै भइरहेको छ भने सम्झनुहोस ।  तपाइलाइ धोका दिइ रहेको छ ।

। भविश्यको बारेमा कुरा गर्दैनन् ।
जो तपाइँलाइ प्रेम गर्दैनन् । उनीहरु कहिल्यै तपाइँसंग आफ्नो भबिस्यको बारेमा कुरा गर्दैनन् या गरे पनि निश्चित नभएको जस्तो कुरा गर्छन । यो सामान्य र सिधा कुरा हो कि जोसंग तपाइँ प्रेम गर्नुहुन्छ । उसैसंग आफ्नो पुरा जिन्दगी बिताउन चाहनुहुन्छ यसमा कुनै शंका नै हुँदैन । जो व्यक्ति सिर्फ तपाईसंग टाइम पासको लागि आएको छ । उ कहिल्यै पनि तपाईसंग आफ्नो भविश्यको योजना या फ्युचरको बारेमा कुरा नै गर्दैनन । यदि तपाइले गरिहाले पनि अन्कनाउने र कुरा अन्तै मोडेर टार्ने प्रयत्न गर्छन या त कुरा गर्ने ढंग नै बदल्छन ।  हुन सक्छ सुरुवातमा सम्बन्ध र भावनाको बारेमा निश्चित हुन केहि समय लाग्ला तर ६ महिना अनि वर्षौ बित्दा सम्म पनि तपाइँ र भविश्यको बारेमा निश्चित हुन्न भने यो धोका हो । यस्तो लक्षण तपाइँसंग पनि भइ रहेको छ भने सम्झिनु पर्छ कि तपाइँसंग प्रेम होइन टाइम पास भइ रहेको छ ।

४ । धेरै झगडा गरिरहनु । 
सम्बन्धमा सानो तिनो झगडा हुनु सामान्य कुरा हो तर सानोतिनो झगडामै तपाइको पार्टनरले तपाईलाई पूर्ण रुपमा बेवास्ता गर्छ या तपाईलाई मात्र दोषी ठहर्याउँछ भने सम्झनुहोस कि उसको नजरमा तपाइको केहि पनि महत्व छैन । झगडा पछि केहि समयको लागि रिसाउनु नबोल्नु सामान्य हो तर यहि कुरा लिएर संवादको सबै माध्यम बन्द हुन्छ र तपाइँसंग सम्पर्कमै हुन चाहन्न भने यो प्रेम नभएर टाइम पास हो भन्ने बुझ्नु पर्दछ । जो  साँचो प्रेम गर्छन उनीहरु जति नै झगडा भए पनि सम्बन्धमा लामो  समय सम्म कम्युनिकेसन ग्याप राख्न नै सक्दैनन् । यो केटा र केटि दुबैमा लागु हुन्छ ।  एक दुइ चोटि यस्तो हुन्छ भने पनि ठिक छ तर बारम्बार यस्तो हुन्छ भने,  तपाइलाइ धोका दिदैछ भन्ने सोच्नु जरुरी छ ।

५। गोप्य कुराहरू कहिले खोल्दैनन् ।
धोका दिनेले कहिल्यै पनि तपाइँसंग आफ्नो गोप्य कुराहरु भन्न चाहदैनन् । उनीहरु केहि महिना अथवा केहि वर्ष टाइम पास र मोज मस्ती गर्नमा नै बढि ध्यान दिन्छन । त्यसैले उनीहरू आफ्नो बारेमा खुलेर कहिल्यै कुरा नै गर्न चाहदैनन् । उनीहरु तपाइँसंग भुलेर पनि यस्तो कुरा शेयर गर्दैनन्, जुन उनिहरुको भविश्यकोलागि खतरनाक हुनसक्छ भनेर कुराहरु खोल्दैनन् । कोहि कोहि आफ्नो बारेमा कुरागर्न मन नपराउने पनि हुन सक्छन तर यदि उसले तपाइँसंग नै जिन्दगी बिताउन चाहन्छ भने सम्बन्धमा झुट या सिक्रेट लुक्न सक्दैन ।

६ । भावनाको कहिल्यै कदर गर्दैनन् ।
धोका दिनेहरुले तपाइको भावनाको कहिल्यै कदर गर्दैनन् । सानो तिनो झगडा पश्चात तपाइँ उसलाई बारम्बार मेसेज,  कल गर्नुहुन्छ तर उसले कुनै रेस्पोन्स दिदैनन् । कहिलेकाही यस्तो होला तर सधै यस्तै हुन्छ भने तपाइले बुझ्नु पर्छ कि तपाइसंग टापमपास मात्र हुदैछ ।  त्यस्ता व्यक्तिहरू आवश्यक परेको बेलामा मात्र फेरी सम्बन्ध सुरु गर्छन् । त्यस्तोबेलामा तपाइले बुझ्नु जरुरी छ कि यो प्रेम साचो होइन ।साँचो प्रेम गर्नेहरु आफ्नो प्रेमी या प्रेमिकाको फोन, मेसेज लामो समय सम्म बेवास्ता गर्न नै सक्दैनन् । मायामा प्रेमि वा प्रेमिकाबाट सानोतिनो गल्तिहरू भइरहन्छन र तर जसले साचो माया गर्छ उनिहरूले एकअर्काको भावनालाइ पनि इज्जत  गर्छन्  । माथि दिएका लक्षणहरू मायामा देखा परेमा  बुझ्नुस् कि तपाइसंग प्रेमि वा प्रमिकाले झुटो माया गरिरहेको छ र टाइमपास  मात्र भइरहेको छ  ।

GoodNews24 निरन्तर सकारात्मक सन्देश…
यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button