Grace Computer Jawalakhel
गुड न्यूज 24समाचारसूचना प्रविधि

बच्चाहरूलाई मोवाइल फोनबाट टाढा राख्ने उपायहरु – GoodNews24

smart phone
आजकल बढ्दो आधुनिकतासंगै बच्चाहरु टेक्नोलोजिमा व्यस्त छन । पुरानो जमानामा जस्तो साथीहरु जम्मा भएर पुराना खेल खेल्ने चलन बच्चाहरुबाट लोप नै भैसक्यो । आजकलका बच्चाहरु अधिकांस समय कम्प्युटर अनि मोबाइलमा गेम खेलेर या त कार्टुन हेरेर बिताउछन । यसका केहि फाइदा त अवश्य छन् तर फाइदा भन्दा पनि बेफाइदाहरु बढी छन । बच्चाहरु टेक्नोलोजीको यति क्रेजी बनेका छन् कि उनीहरुलाई आमा भन्दा पनि मोबाइल या कम्प्युटर प्यारो लाग्न थालेको छ जुन बिल्कुलै राम्रो कुरा होइन ।

एकदिन भारतीय पत्रिका ‘द इन्डियन एक्सप्रेस’ मा छक्क पर्ने हेडलाईनमा छापियो “नौ वर्षको” बच्चाले स्वतन्त्रताको नाममा “चक्कुले हात काटे ‘। पढ्ने लेख्ने खेल्ने उमेरमा बच्चाले यस्ता कुरा मोबाइल वा कम्प्युटरबाट नै सिक्छन । साथै यति बेला बिभिन्न गेमहरुसंग सम्बन्धित समाचारहरु पनि बेला बेलामा आउने गरेका छन । यि कुराहरुले प्रष्ट पार्छ कि आधुनिक मोबाइल या अन्य ग्याजेटहरूमा साना बच्चाहरूको निर्भरता यति ठूलो भएको छ कि केहि मिनेट पनि उनीहरु यसलाई टाढा राख्न सक्दैनन्।

त्यसकारण, आफ्नो बच्चालाई स्मार्टफोनमा निर्भर हुनबाट रोक्न के गर्ने ? कसरी स्मार्टफोनलाई तपाइँको बच्चाहरुबाट टाढा राख्ने ? बच्चालाई मोबाइल फोनको लत हुनबाट कसरी जोगाउने ?
धेरै अभिभावकले यी प्रश्नहरूको उत्तर खोज्नु पर्ने आवश्यकता बढेको छ । यहाँ केहि तरिकाहरू छन् जुन हामी हाम्रा बच्चाहरूलाई स्मार्टफोन र उनीहरूको हानिकारक विकिरणबाट टाढा राख्न सक्छौं। ।

1.तपाईंको बच्चालाई बाहिरि क्रियाकलापमा व्यस्त राख्नुहोस्:
अभिभावकको व्यस्तता या अन्य कारणले गर्दा अधिक बच्चाहरूलाई घर भित्र बस्न बाध्य पारिन्छ। नतिजाको रूपमा, बच्चाहरूले आफ्नो समय खेलौनाहरूसँग खेल्छन्। केही स्मार्टफोन जस्ता ग्याजेटहरूमा आकर्षित हुन्छन्, जसले गर्दा उनीहरु मनोरन्जनको रुपमा साथी या अन्य खेल बिर्सिएर मोबाइल या कम्प्युटरलाइ रोज्छन । यस्तो हुनबाट रोक्नको लागि, तपाईंको बच्चालाई पार्क वा कुनै नजिकको खेल मैदानमा लैजानुहोस् ताकि उसले आफ्नो समयलाई दौडन घुम्न खेल्न र प्रकृतिलाई अवलोकन गरेर समय बिताउन सकोस । यदि त्यो विकल्प छैन भने, उसलाई छिमेकको बच्चाहरुसंग खेल्नलाई पठाउने गर्नुस् ।

2.बच्चाको अगाडी फोनको प्रयोग प्रतिबन्धित गर्नुहोस्:
स्मार्टफोनहरू अब हाम्रो जीवनको एक अभिन्न हिस्सा भएकाले तिनीहरूलाई बच्चाहरूबाट टाढा राख्नु निकै नै गाह्रो छ। ढिलो होस् वा चाँडो, बच्चा तिनीहरूमा आकर्षित हुन समय लाग्दैन । तसर्थ, यो महत्त्वपूर्ण छ कि तपाइँको बच्चालाई उसकै उमेरका साथिहरु नै उसको मनोरन्जन राम्रो उपाय हो भनेर बुझाउन जरुरी छ। कुनै निश्चित समय जस्तै खाना खाने समय, अध्ययन पश्चात , सुत्ने समयमा वा बाहिर निस्कन र खेल्ने समय भएको बेला मात्र यसको प्रयोग गर्न प्रोत्साहित गर्नुहोस्।

3.अधिक समय बच्चासँग कुरा गर्नुहोस्:
बच्चाहरुलाई मोबाइल फोनबाट टाढा राख्ने अति नै राम्रो उपाय अभिभावकले उसलाई समय दिएर बच्चा संग कुरा गर्नु हो जसको कारण बच्चाले मोबाइल फोन चलाउने समय पाउदैन। स्मार्टफोन स्क्रिनमा देखा पर्ने रंग र एनिमेशनहरू बच्चाहरूलाई आकर्षक लाग्छ। तपाईंको बच्चासँग कुरा गर्नुहोस् र स्वास्थ्यमा स्मार्टफोन प्रयोगको हानिकारक प्रभावहरूको बारेमा उनलाई सचेत गराउनुहोस्।

4.मोबाइलमा पासवर्ड सेट गर्नुहोस्:
स्मार्टफोनको प्रयोगबाट निषेध गर्न तपाईका बच्चाहरूको वरिपरि सधै रहनु यो सधैं सम्भव हुँदैन, यस्तो अवस्थामा, तपाईंको फोनमा पासवर्ड सेट गर्नुहोस् ताकी तपाईंको बच्चाले तपाईं टाढा हुँदा यो प्रयोग गर्न नसकोस ।

5.बच्चासंग सुमधुर सम्बन्ध बनाउनुहोस
प्रायः आमाबाबुले धेरै व्यस्त जीवन बिताउँछन्, जसको कारण बच्चाको राम्रो हेरचाह गर्नबाट बन्चित हुन्छन । बच्चाहरूसँग पारिवारिक सम्बन्ध गतिविधिहरूमा समय निकाल्नु महत्त्वपूर्ण छ। बच्चालाई आफु प्रति यसरी आकर्षित गर्नुस ताकि उनीहरु स्मार्ट फोन या अभिभावक मध्य एक रोज्नु पर्दा अभिभावक नै रोजुन । खाना पकाउदा या अन्य कार्य गर्दा, बच्चालाई आफ्नै साथमा संलग्न गराउनाले पनि उनीहरुलाई स्मार्टफोनबाट टाढा राख्छ। तपाईं आफ्नो बच्चालाई संगीत सुन्न, पढ्न वा चित्रकला जस्ता क्रियाकलापहरूमा पनि सामेल गराउन सक्नुहुन्छ ।

गुड न्यूज 
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”4224″]

[irp posts=”3875″]

[irp posts=”3930″]

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button