गुड न्यूज 24शिक्षा स्वास्थसमाचार

सुरक्षित मोटरसाइकल कसरी चलाउने ? -GoodNews24

Gobal IME Bank

bike

नेपालको सन्दर्भमा मोटरसाइकल छिटो छरितो सजिलो सवारी साधन भएपनि साना ठुला दुर्घटनाको आधारमा हेर्ने हो भने अधिकतम दुर्घटना मोटरसाइकलकै हुने गर्छ । यो भनेर मोटरसाइकल नचढ्ने पक्कै होइन तर सावधानी पुर्वक मोटरसाइकल चलाउनु जरुरी छ । मोटर साइकल अन्य सवारी साधन भन्दा धेरै नै जोखिमपूर्ण हुन्छ । अहिले बजारमा धेरै सिसि देखि अग्ला किसिमका मोटरसाइकलहरू आएका छन् । हेर्दा आकर्षक देखिने यस्ता मोटरसाइकलहरू तपाईको हाईट, शरीरको क्षमता र तौललाई मिल्न नसक्ने पनि हुन्छ । त्यसैले आफुलाई चलाउदाँ सजिलो हुने किसिमको मोटरसाइकलको मात्र छनाैट गर्नुपर्छ । स्टाइल र सिसिहरुलाई हेरेर किन्नुभयो भने चलाउदा त्यस्ता मोटरसाइकललाई तपाईले नियन्त्रण गर्न सक्नुहुदैंन । जसको कारण दुर्घटना हुने सम्भावना बढी रहन्छ । यदी तपाईहरू बाइक चलाउने सुरमा हुनुहुन्छ वा चलाइ रहनु भएको छ भने तपाइले जान्न जरुरि छ कि मोटरसाइकल कसरि दुर्घटनाको जोखिम रहित ढंगले चलाउने । तल केहि टिप्सको बारे जानकारी दिइएको छ जसले मोटरसाइकल दुर्घटना हुने जोखिमलाइ कम गर्न सक्छ ।

goodnews24 banner

  पूर्ण रुपमा सिके पछि मात्र मुख्य सडकमा चलाउने गर्नुपर्छ ।
मोटरसाइकल आफैमा असुरक्षित सवारी साधन हो राम्रोसंग चलाउन नजानेको अवस्थामा मोटरसाइकल चलाउदा दुर्घटनाको शिकार हुन् समय लाग्दैन । पूर्ण रुपमा सिके पछि मात्र मुख्य सडकमा चलाउने गर्नुपर्छ ।

–  आकर्षक होईन बलियो हेल्मेट लगाउनु पर्छ ।
आजकल हरेको कुरा सहज र बलियो भन्दा पनि आकर्षक डिजाइन हेरेर लिने चलन छ, हेल्मेट राम्रोकोलागि नभएर टाउको को सुरक्षाको लागि बनाएको हो ,त्यसैले स्टाइलिश भन्दा पनि बलियो हेल्मेट प्रयोग गर्दा दुर्घटना भैहालेको अवस्थामा जोगिन सकिन्छ र साथै हेल्मेटको फिताकोपनि लगाउनु जरूरी छ ।

–  सधै सिंग्नलको प्रयोग गरौं ।
बाइकमा भएको सिंग्नलको प्रयोग समय अनुसार गर्न जान्नुपर्छ । मोड्ने बेलामा दिने सिग्नल, रोक्ने बेलामा, ओभरटेक गर्ने बेलामा दिने सिग्नलहरूको प्रयोग गर्दा सम्भावित दुर्घटनालाई धेरै कम गर्न सकिन्छ साथै बाइकमा रहेको साइड मिरर (ऐना) लाई हेरेर सवारी चलाउदा  दुर्घटना बाट बच्न सकिन्छ ।

-एकदम हाइ स्पिडमा मोटरसाइकल नचलाऔं ।
आजसम्म जति पनि मोटरसाइकल दुर्घटना भएका छन् प्राय तिव्र गतिकै कारण भएका छन् । तिव्र गतिमा कुदिरहेको मोटरसाइकल दुर्घटना भए ज्यान बच्ने सम्भावना एकदम न्युनतम हुन्छ । त्यसैले मोटरसाइकलको स्पिड सधै कम राखेको राम्रो ।

-आफ्नो बाइकको स्पिड लिमिटलाई ध्यान राखौ ।
बाइकको आफ्नो- आफ्नो गति क्षमता हुन्छ त्यसैले आफ्नो बाइकको लिमिट भन्दा बढी गतिमा चलाउनु भनेको आफुलाई नै खतरामा पार्नु हो । त्यसैले सवारीको भिड हुने ठाउमा बिस्तारै सवारी चलाउनु नै बुद्धिमानी हुन्छ ।

 – सवारी साधनको बीचमा सुरक्षित दुरी राखौ ।
गुडिरहेको तपाइको सवारी साधन र अन्य सवारी साधन बिचको दुरी न्यूनतम पनि १० मिटरको दुरी हुनुपर्दछ । दुइ सवारी साधन बिचको दुरी जति बढि भयो अपर्झट ब्रेक लगाउनु परेको समय त्यति नै सहज हुन्छ ।

– दुबै ब्रेक प्रयोग गर्ने ।
अधिकांश बाइक चालकहरूले अगाडी वा पछाडीको एक मात्र ब्रेक लगाउने गर्छन्,यसो गर्दा बाइक लड्ने सम्भावना बढी हुन्छ । त्यसैले दुवै ब्रेक लगाउन सिक्नु सुरक्षाको हिसाबले एकदम राम्रो हुन्छ ।

– क्षमता भन्दा बढि व्यक्ति नराख्ने ।
मोटर्साइकलको क्षमता भन्दा बढि सामान या मान्छे बोक्दा कुनै पनि बेला बाइक अनियन्त्रित हुन् सक्छ र यस्तो बेला बैकलाई कन्ट्रोल गर्न निकै मुश्किल हुन्छ र दुर्घटना निश्चित हुन्छ ।

– नियमित चेकजाँच गर्ने ।
इन्जिन तथा अन्य पार्टपुर्जाहरूको  नियमित चेकजाँच गर्ने र बिग्रिएको सामानहरूकाे मर्मत गरेर चलाउने ।

– मापसे गरेर सवारी नचलाउने । 
जाँडरक्सी खाएर सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने हुनाले मादक पदार्थ सेवन गरेको बेलामा बाइक नचलाउने ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

यो पनि हेर्नुहोस् । 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button