मुख्य समाचारशिक्षा स्वास्थसमाचार

मोटोपन कसरी घटाउने ?

Gobal IME Bank

एजेन्सी । मोटोपन आफैमा रोग हो भने यसले अनेकौं प्रकारका रोगहरु पनि निम्त्याउने गर्छ । मानिस हरेक कार्यका लागि सुविधा खोज्ने कारण पनि मोटोपन बढिरहेको छ ।

सामान्यतया मोटोपनलाई ३ भागमा बाँडीएको छ, स्टेज वान, दोस्रो स्टेज २ र तेस्रो स्टेज ३ । मानिस ठूलो हुँदैमा मोटो हुने होइन । उसको वजन र हाइट अनुसार शरीर मिलेको छ छैन् भन्ने नाप गरेर यसको मापन गर्न सकिन्छ । बडी मास इन्डोसक्स बीएमआई २५ देखि २९ सम्म आएमा मोटोपन स्टेज वानको मानिन्छ । यसैगरी ३० देखि ३९ पोइन्ट ९ सम्म मोटोपनको स्टेज २ मानिन्छ भने ४० देखि माथि भएमा स्टेज ३ हुन्छ । अर्को विधि भनेको कम्मर र हिपको रेसियो पनि हेरेर मोटोपन मापन गर्न सकिन्छ ।

हाम्रो शरीरमा यसै पनि १५ देखि २० प्रतिशत फ्याट रहेको हुन्छ जुन नर्मल मानिन्छ । पुरुषमा २५ प्रतिशतभन्दा बढी र महिलामा ३३ प्रतिशभन्दा बढी फ्याट भएमा त्यसलाई मोटोपन भनिन्छ । मोटोपन भनेको शरीरमा बोसोको मात्रा बढी हुनु हो । मोटोपनले हाम्रो शिरदेखि पाउसम्म असर गर्छ । बढी मोटा व्यक्तिहरुमा ब्रेन स्ट्रोक हुने सम्भावना अन्यको तुलनामा बढी हुन्छ ।

यसैगरी मोटोपनलाई मधुमेहको मुख्य कारण मानिन्छ । यसैगरी मोटा व्यक्तिहरुको आँखामा पनि असर गर्न सक्छ । उच्च रक्तचाप निम्त्याउन मोटोपनले सहयोग गरिरहेको हुन्छ । अर्को तिर वजन बढी हुँदा ढाड तथा घुँडामा समस्या भएर हिंडडुलमै समस्या हुनसक्छ ।

मोटोपनबारे थाहा पाएपछि यसलाई नियन्त्रण गर्नु पर्छ । यसको नियन्त्रणमा सबैभन्दा बढी भूमिका खानाले गर्छ । ५० देखि ६० प्रतिशत मोटोपन खानपानमा नियन्त्रण गरेर नै घटाउन सकिन्छ । यसका लागि विशेषज्ञ चिकित्सक तथा डाइटिसियनसँग सल्लाह लिन सकिन्छ ।

खानेकुरामा जति थोरै कार्बोहाइड्रेड समावेश गरियो त्यति नै मोटोपन नियन्त्रण हुन सहयोग गर्छ । डाइट पछि ध्यान दिनुपर्ने कुरा हो व्यायाम । यी दुबै कुरामा ध्यान दिने हो भने धेरै हदसम्म मोटोपनलाई नियन्त्रण गर्न सकिन्छ । तर बढी नै समस्या भएमा डाक्टरको सल्लाहमा औषधि तथा शल्यक्रियाको पनि सहयोग लिन सकिन्छ ।

मोटोपन घटाउन भात, आलु, कोल्ड ड्रिक्स, मिठाई, मैदाबाट बनेको खानेकुरा तथा जंकफुड नियन्त्रण गर्नुपर्छ । यी खानेकुरामा पाइने चिनीले मोटोपन बढाउन सहयोग गर्छ । मोटोपन भएका व्यक्तिले आफूलाई कुनै रोग छ की भनेर नियमित जाँच गर्न जरुरी हुन्छ ।

मोटोपन घटाउनु भनेको आफनो शरीर फिट राख्नु मात्र हैन संभावित जटिल प्रकारका रोगको जोखिमबाट बच्नु पनि हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button