Grace Computer Jawalakhel
अन्यसमाचार

मानव सेवा आश्रमको सहयोगार्थ साङ्गीतिक साँझ -GoodNews24

गलकाेट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट युथ ग्रुपले यही फागुन १० गते साङ्गीतिक साँझ आयोजना गर्न लागेको हो ।

मानव सेवा आश्रमको पवित्रकर्ममा साथ दिन स्वःस्फुर्तरूपमा गलकोटका युवा सङ्गठित भएर सहयोगका लागि साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको गलकोट युथ ग्रुपका संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो । “मानव सेवा आश्रमलाई सहयोग गर्न एकदिने साङ्गीतिक साँझ गर्दैछौँ”, कार्कीले भन्नुभयो, “साङ्गीतिक साँझमा लाग्ने खर्च प्रायोजनबाट व्यवस्थापन गर्दैछाैँ, टिकटमार्फत सङ्कलित सबै रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नेछौँ ।”

साङ्गीतिक साँझमा बागलुङको गलकोट क्षेत्रबाट उदाएका चर्चित कलाकार विष्णु खत्री, वसन्त थापा, श्रीकृष्ण बम मल्ल, थानेश्वर गौतम, ईश्वर सिंह, लक्ष्मी मल्ल, जीवन साहनीलगायतका कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । कलाकारले निःशुल्करूपमा प्रस्तुति दिनेछन् । कार्यक्रममा रु एक हजार र ५०० टिकटको व्यवस्था गरिएको छ ।

आश्रमलाई सुव्यवस्थित हिसाबले सञ्चालनमा सहयोग र यस अभियानमा लागेकालाई थप उत्साह प्रदान गर्न कार्यक्रम आयोजना भएकाले सबैलाई सहयोग गरिदिन आश्रमका अभिभावक राम शर्माले आग्रह गर्नुभयो । साङ्गीतिक साँझमा हृदयविदारक नाटक लौरी र मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले सकरात्मक सोच, परोपकारसम्बन्धी उत्प्रेरणात्माक प्रवचन दिने मानव सेवा आश्रमका संयोजक शिव खड्काले जानकारी दिनुभयो ।

साङ्गीतिक कार्यक्रममा यातायात, साउन्ड, मञ्च, टिकट व्यवस्थापन, प्रचारप्रसार कार्यका लागि स्वदेश तथा विदेशबाट प्रायोजन आइरहेको आश्रमका अभिभावक शिव केसीले जानकारी दिनुभयो । साङ्गीतिक साँझबाट आउने रकमबाट मानव सेवा आश्रमको पूर्वाधारको काम गर्ने योजना बनाइएको आश्रमका अभियन्ता सुमिरा लामाले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button