शिक्षा स्वास्थसमाचार

के हो ‘आइस वाटर फेस डिप’ ? यस्का फाइदाहरुबारे जानौं

Gobal IME Bank

एजेन्सी । आजकाल बरफ मिसाएर चिसो पानीमा अनुहार डुबाउने प्रक्रिया निकै पपुलर हुन थालेको छ । यसलाई नै अंग्रेजीमा ‘आइस वाटर फेस डिपु वा ‘आइस वटर फेस वास’ भनिन्छ । बलिवुड अभिनेत्री आलिया भट्ट, कट्रिना कैफ र तमन्ना भााटियाको कारणले गर्दा पनि यो तरिका निकै चर्चित हुन थालेको छ ।

यो एउटा इन्स्टाग्राम ट्रेन्ड जस्तो लागे पनि साच्चै नै यसका फाइदाहरु छन् । गर्मी मौसमा उच्च तापक्रम र घाँममा बाहिर निस्कनु पर्ने कारण हाम्रो छालालाई एक्ट्रा केयरको आवश्यकता पर्छ । हाम्रो दैनिक गर्ने स्किन केयर रुटिनमा आइस वटर फेसियललाई समावेश गर्दा छाला स्वस्थ राख्नका लागि मद्दत मिल्छ ।

आइस वाटर फेस डिप अथवा आइस वटर फेसवास गर्नाले अनुहार फुलेको वा सुन्निएको छ भने त्यसलाई कम गर्नका लागि मद्दत मिल्छ । एलर्जिको कारण छालामा इरिटेसन वा छाला रातो भई रहेको छ भने आइस वाटर फेसवास गर्दा छालालाई राहत मिल्छ । चिसो पानीमा मुहार डुबाउदा छालाको प्वालहरुलाई टाइट बनाउनको लागि मद्दत मिल्छ यसको कारणले गर्दा डन्डिफोर र ब्लाकहेड्सको समस्या पनि कम हुन्छ ।

आइस वटर फेसवासको कारण हाम्रो छालामा अवशोषित गर्न सक्ने क्षमता बढ्छ जसको कारणले गर्दा छालाले स्किन केयर प्रडक्टहरु जस्तै सिरम, मोइस्चराइजर र मास्कलाई राम्रोसँग सोस्न मद्दत मिल्छ । चिसोको कारण छालामा रक्तसंचार राम्रो सँग हुन्छ जसको कारणले गर्दा छालामा अक्सिजनको मात्रा पनि बढ्छ जसको कारण छाला चम्किलो हुन्छ ।

कसरी तयार गर्ने आइस वटर फेसवास ?

बेसिन वा मुख डुबाउन मिल्ने बाटामा चिसो पानी वा पानीमा बरफ (आइस क्यूब) मिसाउने । पानी ज्यादा चिसो हुन भने हुनु हुँदैन । मेकअप लगाएको छ भने पहिला मुख सफा गर्ने र सुक्न दिने त्यसपछि विस्तारै चिसो पानीमा मुख डुबाउने यसरी मुख डुबाए पछि १० देखि ३० सेकेन्ड जति डुबाउदै यो प्रक्रियालाई ४ देखि ५ पटक दोर्याउने । त्यसपछि मुख नरम टावेलले पुछ्ने ।

छालामा कुनै समस्या, एलर्जि वा डन्डिफोर आउने समस्या छ भने चिकित्सकसँग सल्लाह गरेर मात्र आइस वाटर फेस वास गर्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button