मनोरञ्जनमुख्य समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन-GoodNews24

Gobal IME Bank

काठमाडौं, २ जेठ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन गरिएको छ । उद्घाटनका क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरिएको हो ।
नेपाल वायुसेवा निगम जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन । यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।
नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button