अन्यसमाचार

इजरायलले २३ सय नेपाली श्रमिक लाँदै

Employment

Gobal IME Bank

काठमाडौँ। इजरायलले फेरि २३ सय नेपाली श्रमिकको माग गरेको छ । इजरायलले नेपाली श्रमिक लैजान सरकारी स्तरमा नै श्रम सम्झौता गरिसकेको छ ।

सम्झौता अनुसार अब इजरायलले एक हजार तीन सय केयरगिभर र एक हजार जना कृषि श्रमिक लैजाने प्रस्ताव नेपाल सरकारलाई गरेको छ ।

इजरायलले माग गरेका दुई हजार तीन सय श्रमिक मध्ये एक हजार तीन सय केयरगिभर पठाउने प्रक्रिया तत्काल सुरु हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शाखा प्रमुख डम्बर बहादुर सुनुवारले जानकारी दिएका छन्।

माग गरिएका कामदार पठाउने सन्दर्भमा मन्त्रालय र इजरायलका अधिकारीबीच पहिलो चरणको वार्ता समेत सकिएको छ। यस पल्ट इजरायलको केयरगिभर भर्ना प्रक्रिया सहज बनाउने योजना बनाईएको छ ।

आवेदकको संख्या धेरै भएको कारण भौतिक रुपमा परीक्षामा धेरै कठिनाई हुने गरेको अनुभव मन्त्रालयले यसअघि गरिसकेको छ । यसअघि नेपालबाट ११ सय केयरगिभर इजरायलले लगिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button