मनोरञ्जनसमाचार

चलचित्र जारी: प्रदर्शनको सय दिन मनाउँदै

Film Jaari

Gobal IME Bank

काठमाडौँ । चलचित्र ‘जारी’ले हलमा प्रदर्शनको सय दिन मनाउने दौडमा छ । गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्रले नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा सय दिन मनाउन लागेको हो ।

मंगलबार ९६औँ दिनमा प्रदर्शनरत फिल्मलाई क्यूएफएक्स चेनले अहिले पनि प्रत्येक दिन १ शो दिएको छ । साउन ६ गते चलचित्रले प्रदर्शनको सय दिन मनाउनेछ । ठुला विदेशी र स्वदेशी फिल्मका बाबजुद ‘जारी’ले सय दिन मनाउन लाग्नु आफैँमा ठुलो उपलब्धि हो । फिल्मका वितरक मनोज राठीले फिल्मले उपत्यका बाहिरका हलमा ८०, ९० दिन बनाएको बताए ।

विदेशी भूमिमा समेत राम्रो कमाई गरेको फिल्मले सोमबार दार्जिलिङमा प्रदर्शनको ५१औँ दिन मनाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको चलचित्र जारीमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बालगायतको अभिनय छ ।

फिल्मले घरेलु बजारमा साढे १४ करोड बढी कमाएको निर्माण युनिटले जानकारी दिएको छ । चलचित्र जारी लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा आधारित छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button