मुख्य समाचारसमाचार
जबरा प्रकरणः संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्बन ‘निष्प्रभावी’ बारे अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । संवैधानिक इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइपछि उक्त आदेश गरेको हो ।
कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो ।